मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

समाजसेवी शर्माद्धारा गाउँको विद्यालयमा धारा निर्माण

फाल्गुन ३, २०७८

सरिता पौडेल
फागुन ३, २०७८
पर्वत : रोजगारीको शिलशिलामा हाल हङकङमा रहेका पर्वतको मोदी गाउँपालिका–५ बाजुङ्ग घर भएका एक समाजसेवीले आफनै गाउँको विद्यालयमा खानेपानीका धारा निर्माण गरिदिएका छन् ।
बाजुङ्गको धमिलापानी घर भएका जनप्रगतिशिल मञ्च हङकङका सह–कोषाध्यक्ष सूरेश शर्मा र उनको परिवारले स्व. बुवा टुकुनालाल शर्माको स्मृतिमा स्थानीय महेन्द्रशिखरी माध्यमिक विद्यालयमा पानीका दुई ओटा धारहरु निर्माण गरिदिएका हुन्।
बाजुङ्ग नै घर भई हाल हङकङमा रहँदै आएका सामजसेवी दुर्गा गुरुङ (मिलन) को परामर्शमा परिवारकोतर्फबाट धाराहरु निर्माण गरिएको सहयोगदाता शर्माले बताए। ‘स्वर्गीय बुबाको स्मृतिमा दुई ओटा धारहरु निर्माण सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेका छौँ। यसो गर्दा बुबाको दिवंगत आत्माले पनि शान्ति पाउँछ,’ उनले भने, ‘अनि आफ्नै गाउँको विद्यालय, आफ्नै गाउँका बाबुनानीहरुले पानीको असुविधा पनि भोग्नु परेन।’
स्थानीय मिलन बहुउद्धेश्यीय कृषक समूह र शर्माको परिवारको तर्फबाट सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ती धाराहरुको हस्तान्तरण र उद्घाटन गरिएको हो। कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त कुँवरले विद्यालयमा धारा निर्माण गरेर सामाजिक कार्य गरेकोमा सहयोगी परिवारलाई धन्यवाद व्यक्त गरे। साथै बाजुङ्गकै भीम गुरुङबाट बिद्धयालयमा बास्केटबल खेलकुद मैदान निर्माण, प्रत्येक कक्षामा प्रोजेक्टर र कम्प्युटर बिज्ञान सामाग्रीको ब्यवस्था गर्न लागिएको पनि उनको भनाई थियो।
सो अवसरमा नेकपा माओवादी केन्द्रका अमर अधिकारीले बिकाश कार्यमा खानेपानीको महत्वको बारेमा बोल्दै विद्यालयको लागि सहयोग गर्ने समाजसेवीहरुको नाम सदैव अभिलेखको रुपमा रहने बताए।
सूरेशकी धर्मपत्नी चन्द्रमाया शर्माका अनुसार सहयोगी परिवारको तर्फबाट कृष्णप्रसाद शर्माले बोलेका थिए भने बिष्णुदेवी शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो। उक्त कार्यक्रमको सञ्चालन साबित्री केसी अधिकारीले गरेकी थिइन्।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive