मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

बाल विवाह रोकथामको लागि शिवालयमा प्रहरीको प्रशिक्षण

फाल्गुन ३०, २०७८

फागुन ३०, २०७८
पर्वत : समाजमा अझै पनि वाल बिवहको क्रम नरोकिएपछि त्यसको रोकथामको लागि जिल्ल प्रहरी कर्याालय पर्वतले पनि समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
सोही अभियान अन्तर्गत बाल विवाह न्यूनीकररण र रोकथामको लागि सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका ६ को शिवालय माध्यामिक विद्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका अध्यक्ष राजन जोशी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका उपाध्यक्ष सरस्वती भण्डारी, निवर्तमान अध्यक्ष मान कुमारी गिरी, प्रहरी नायव निरीक्षक होमनाथ अधिकारी, सोही विद्यालयका शिक्षकहरु, कक्षा ११ र १२ का विद्यार्थीहरु लगायत गरी करिब एक सय जना भन्दा बढीको सहभागिता रहेको थियो।
प्रशिक्षणमा वाल विवाह के हो ? यसबाट पर्ने असरहरु के के हुन ? र यससँग सम्बन्धित ऐन कानुनका बारेमा प्रहरी निरीक्षक प्रदिप पौडेलले प्रशिक्षण प्रदान गरेका थिए।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive