रामशरण पोख्रेल
फागुन ३०, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका-९, कटुवाचौपारी स्थित सार्वजनिक माध्यामिक बिद्यालयमा नेपाल विद्यार्थी संघ इकाइ समिती गठन गरिएको छ ।
नेपाल बिद्यार्थी संघ कुश्मा नगरपालिकाको संगठन बिस्तार अभियान अन्तरगत उक्त विद्यालयमा श्रीकृष्ण पौडेलको अध्यक्षतामा २१ सदस्यीय नेपाल विद्यार्थी संघ सार्वजनिक माध्यामिक बिद्यालय इकाइ समिती गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रेजु तिवारी र निरन सुनार, सचिवमा लोकेस तिवारी र साधना अधिकारी, सहसचिवमा बिराज केसि र अजिता लामिछाने, कोषाध्यक्षमा दिलिप नेपाली र सह-कोषाध्यक्षमा रन्जिता परियार सर्वसम्मत चयन भएका छन ।
सो कार्यक्रमका अवसरमा उक्त वार्डका नेपाली काङ्ग्रेस पार्टी सभापति राम शर्मा लामिछाने, कुश्मा नगरपालिका-३, दुर्लुङ का पार्टी सहसचिव रामशरण पोख्रेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल बिद्यार्थी संघ कुश्मा नगरपालिका सभापति अजय पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत संघका जिल्ला सदस्य बिबेक गिरि र संचालन संघका जिल्ला सदस्य रामचन्द्र सुवेदीले गरेका थिए ।