मङ्लबार, अशोज १५, २०८१
Tuesday, October 1, 2024

यूवा वर्षमा हिंसा न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

चैत १, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा पर्वतको कुश्मा नगरपालिका ७ गोदाममा रहेको यूवा वर्ष आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत घरेलु हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कुश्मा नगरपालिका ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका अध्यक्ष राजन जोशी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका उपाध्यक्षद्वय तुप्ला शाक्य र सरस्वती भण्डारी, प्रहरी नायव निरीक्षक होमनाथ अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका अन्य पदाधिकारीहरु, श्री युवा वर्ष आधारभुत विद्यालयका शिक्षकहरु, समाज सेवी, बिभिन्न आमा समुहका पदाधिकारीहरु, भद्रभलाद्मी, सर्वसाधारण लगायत गरी झण्डै ७५ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा घरेलु हिंसा के हो ? यसबाट पर्ने असरहरु के के हुन ? र यससँग सम्बन्धित ऐन कानुनका बारेमा प्रहरी निरीक्षक प्रदिप पौडेलले प्रशिक्षण दिए । सो अवसरमा सहभागी भएकाहरुबाट उठान भएका घरेलु हिंसासंग सम्बन्धीत विभिन्न जिज्ञासाहरुको जवाफ सहित हिंसा अन्त्यको लागि व्यक्ति व्यक्तिले निभाउन सकिने भूमिकाको बारेमा पनि छलफल भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive