बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

दुर्लुङमा दुइ सय कार्यकर्ता काँग्रेसमा प्रवेश

चैत्र १, २०७८

रामशरण पोख्रेल

चैत १, २०७८

पर्वत कुश्मा नगरपालिका-३, दुर्लुङमा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि दुई सय कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।

नेपाली काङ्ग्रेस दुर्लुङको वार्ड पार्टी कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा उनिहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेहरुलाइ संघीय सांसद लालकाजी गुरुङ, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सहमहामन्त्री रामचन्द्र जोशी, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछाने, पुर्व पार्टी सभापति नवराज गुरुङ, पार्टी उपसभापति डाक्टर चुडामणी शर्मा, पार्टी सचीव गुप्तनिधी शर्मा, कुश्मा नगरपालिका सभापति किशोर भण्डारी, उक्त वार्डका पार्टी सभापति लेख बहादुर गुरुङ लगायतले नेपाली काङ्ग्रेसको क्रीयासिल सदस्यता, खादा र अबिरले स्वागत तथा सम्मान गरेका थिए ।

पार्टी कार्यालय उद्घाटन गर्दै संघीय सांसद लालकाजी गुरुङले नेकपाको तीन वर्षको सरकारले देशैभरका नेपाली जनता आत्तिएर काङ्ग्रेसमा प्रवेश गर्न शुरु गरेको बताए । एमसिसी पास गरेर अनुदान भित्र्याउने सरकारलाइ नेपाली जनताले धन्यवाद दिनुपर्नेमा जोड दिदै गुरुङले नेपालको अरबौ ऋण रहेकोमा एमसिसी अनुदानले नेपाल सरकार ऋण मुक्त बनेकोमा खुसी हुनुपर्ने बताएका छन । ओली सरकारले भ्रष्टाचारिलाइ मात्रै पालेर राखेकाले पनि देश बिकाश निर्माणमा पछि परेको भन्दै आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जिताउनु आवस्यक रहेको धारणा राखे ।

यस्तै पुर्व पार्टी सभापति नवराज गुरुङले घर घर जाऔं काङ्ग्रेस जिताऔं अभियानले पुरै देश काङ्ग्रेसमय बनेको बताए । गुरुङले दुर्लुङमा काङ्ग्रेसले आगामी चुनाबमा सबै तह जित्ने पक्का भएकाले बिकाशको लहर आउने बताएका थिए । सो अवसरमा अन्य पार्टी परित्याग गरेर काङ्ग्रेसमा प्रवेश गरेका एवम प्रवेश गर्ने मध्यका नेतृत्वकर्ता बल बहादुर क्षेत्रीले जो जहाँजहाँ भएपनी नेपाली जनताको अन्तिम गन्तब्य नेपाली काङ्ग्रेस भएको अनुभुती गरेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टीले जनतालाइ भ्रममा पारेर झुक्याएर फकाएर चुनाब जित्ने अनि ब्यक्तिवादी राजनितिमा बिलय हुने प्रवृत्तिले गर्दा नेपाली काङ्ग्रेसमा प्रवेश गरेको जानकारी समेत गराए । कार्यक्रममा नेपाली काङ्ग्रेसका गण्डकी प्रदेश सहमहामन्त्री रामचन्द्र जोशी, पार्टीकि गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछाने, पुर्व पार्टी सभापति नवराज गुरुङ, पार्टी उपसभापति डा. चुडामणि शर्मा, पार्टी सचीव गुप्तनिधी शर्मा, पार्टीका कोषाध्यक्ष हेम शर्मा पौडेल, केन्द्रिय महाधिवेशन प्रतिनिधि वसन्त सिके,केन्द्रिय महाधिवेशन प्रतिनिधि लेखनाथ पौडेल, कालिभक्त शर्मा, पार्टीका क्षेत्रीय सभापति राजकुमार क्षेत्री, प्रदेश ख का पार्टी सचीव ठाकुर रसाइली, जिल्ला बिकाश समितिका पुर्व उपसभापति राम शर्मा पौडेल, नेपाल महिला संघ पर्वतकि अध्यक्ष मुना शर्मा लामिछाने, नेता शंकर गुरुङ, कुश्मा नगरपालिका नगर सचीव आरसी पौडेल, युवा नेता कुलराज पोख्रेल, वार्ड अध्यक्षका प्रत्यासी कृष्ण प्रसाद उपाध्याय, गरिब संग बिश्यश्वर कार्यक्रम मुल समिती दुर्लुङका अध्यक्ष एवम दुर्लुङका पुर्व पार्टी सचीव कृष्ण प्रसाद पौडेल लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कुश्मा नगरपालिका-३, दुर्लुङका पार्टी सभापति लेख बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तव्य केन्द्रिय महाधिवेशन प्रतिनिधि कुल प्रसाद उपाध्याय, स्वागत मन्तव्य दुर्लुङ्का पार्टी उपसभापति कमल पौडेल र संचालन पार्टी सचीव होम बहादुर थापा ले गरेका थिए । सो कार्यक्रमको अवसरमा गरिब संग बिश्यश्वर कार्यक्रम मुल समिती दुर्लुङका अध्यक्ष एवम दुर्लुङ का पुर्व पार्टी सचीव कृष्ण प्रसाद पौडेलले साउण्ड सिस्टम खरिदका लागि वार्ड पार्टी कार्यालयलाई नगद पाँच हजार, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले तीन हजार, जिल्ला बिकास समितिका पुर्व उपसभापति राम शर्मा पौडेलले दुई हजार र नर बहादुर चदारले एउटा टेवल पार्टी कार्यालय दुर्लुङ लाई सहयोग गरेका थिए । यसैगरी नेपाली काङ्ग्रेस दुर्लुङका हरेक क्रीयाकलापमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै स्थानिय नेता प्रीतम गुरुङ लाई सम्मान पत्र, खादा र अबिरले सम्मान गरिएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive