शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

नगरप्रमुख शर्माद्धारा शंकरपोखरीको वडा कार्यालय भवन उद्घाटन

चैत्र १, २०७८

चैत १, २०७८
पर्वत : पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा नयाँ निर्माण गरिएको वडा कार्यालयको उद्घाटन गरिएको छ ।
नागरिकलाई सुविधायुक्त भवनबाट सहज रुपमा सेवा दिनका लागि निर्माण गरिएको उक्त भवनको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले मङ्गलवार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले नगरपालिकाले सकेसम्म नागरिकमैत्री सेवा निर्माणको लागि हरबखत प्रयास गरिरहेको बताएका छन् । जनताको सेवा गर्नकै लागि आफूहरुलाई जनताले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेकाले आफूहरु पनि त्यो जिम्मेवारी पूरा गर्नको लागि प्रयासरत रहेको उनको भनाई छ ।
नागरिकले सुविधा र सहजताको महसुस गर्न नसकेसम्म संघियता कार्यान्वयनको अनुभूति नहुने भएकाले नागरिकलाइै केन्द्रमा राखेर सेवा प्रदान गर्नु जनप्रतिनिधिहरुको कर्तब्य हुने नगर प्रमुख शर्माले बताए । ‘नागरिकले सहज र सुविधायुक्त सेवाको अनुभूति गर्न सकेनन भने जनप्रतिनिधिले पाएको जिम्मेवारी पूरा नभएको मानिन्छ,’ उनले भने, ‘हामीहरु सकेसम्म नागरिकमैत्री काम सम्पादन गर्ने प्रयासमा लागिरहेका छौँ । तर संघियता पहिलो पटक प्रयोगमा रहेका कारण धेरै कुराहरु सिकाई र अनुभवका चरणमा पनि रहेका छन् ।’
कार्यक्रममा नगर प्रमुख पदका प्रत्यासी तथा नेपाली काँग्रेसका नेता गंगाधर तिवारी, नेकपा माओवादी केन्द्रका नेता कमल प्रसाद भुसाल, नेकपा एमालेका नेता बैकुण्ठप्रसाद भुसाल, फलेवास नगरपालिका वडा नं. ८ का मन बहादुर कुंवर, वडा नं. २ का वडाध्यक्ष गँगानारायण श्रेष्ठ लगायतले पनि बोलेका थिए ।
भवन उद्घाटन कार्यक्रम शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive