मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

चैत ५ मा जलजला आउँदै गण्डकीका मुख्यमन्त्री पोखरेल

चैत २, २०७८
पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल यही चैत पाँच गते पर्वत आउनुहुने भएको छ ।
जिल्लाको जलजला गाउँपालिका–८ फर्सेमा रहेको शिव माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुनका लागि उहाँ पर्वत आउन लाग्नुभएको विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लजंग हमालले बताउनुभयो ।


गत फागुन २९ गतेदेखि चैत ४ गतेसम्म विद्यार्थीहरुकोबिचमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरी वार्षिकोत्सव कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लवजंग हमालले गर्नुभएको थियो । वार्षिकोत्सवको अन्तिम दिन विशेष समारोह हुने दिन मुख्यमन्त्री पोखरेल आउन लाग्नुभएको हो । उक्त दिन कलाकारहरुको साँस्कृतिक प्रस्तुती सहितका कार्यक्रमहरु तय गरिएको पनि अध्यक्ष हमाललले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक रत्न बहादुर के.सी. का अनुसार वर्षिकोत्सवको विशेष दिनमा लोक तथा दोहोरी कलाकारहरु जिवन दाहाल, कृष्ण अखेली, गंगा पौडेल लगायतको सांगितिक प्रस्तुतीहरु पनि पस्किने तयारी भइरहेको छ ।
विद्यालयमा निर्माण सम्पन्न भएको नयाँ पक्की भवनको उद्घाटन पनि मुख्यमन्त्री पोखरेलले गर्दै हुनुहुन्छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive