शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

कुश्मा बजारमा पानीको अभाव हुन नदीन बोरिङको पानी निकालिँदै

चैत २, २०७८
पर्वत : हिउँदको समयमा खानेपानीको अभावका कारण समस्यामा रहने गरेको पर्वत सदरमुकाम कुश्मा बजारका लागि बोरिङ गरी निकालिएको पानीबाट थप आपूर्ति गरिने भएको छ ।
अहिलेसम्म रहेका तीन ओटा पानीका स्रोतबाट ल्याइएको पानीले माग अनुसारको आपूर्ति दिन नसक्दा हिउँदमा मागको आधा मात्रै पानीको माग आपूर्ति हुने गरेको छ । गर्मी याम सुरु भएसँगै बजारमा पानीको अभाव हुँदै जाने परिस्थितिलाई हरेर करिब एक महिनादेखि बोरिङका लागि परीक्षण र तयारी गरिएको थियो ।
शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवि कुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै परीक्षण गर्दा एक सय ७० मिटरको गहिराइमा पानी भेटिएको छ । सोमवार पानी भेटिएसँगै अबको एक हप्तामा आपूर्ति नै गर्ने गरी बोरिङ प्रणालीको काम पूरा गर्ने गरी काम भइरहेको छ । आपूर्ति दिने गरी पानी निकाल्ने बेलासम्म झन्डै ३० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।
‘हामीले बोरिङ गरेर पानी निकाल्नको लागि निकै प्रयास गर्दै आएका थियौँ । तर पानी निकाल्न सकिएको थिए । अहिले एक सय ७० मिटर गहिराइमा पानी भेटिएको छ। अबको एक हप्तामा काम सकेर त्यहाँको पानी ट्याङ्कीमा ल्याउने लक्ष्य राखेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘बोरिङबाट प्रति सेकेन्ड कम्तीमा पनि छ लिटर पानी निस्कने भएको छ । यसले हिउँदमा पानीको समस्या खेप्दै आएका कुश्माबासीहरुको लागि ठुलो राहत हुनेछ ।’
गर्मी याम नै पानीको माग बढी हुने भए पनि सुख्खापनको कारण यही बेलामा पानीका स्रोतमा पानीको मात्रा घट्ने गरेको छ । कुश्मा बजारमा अहिले दैनिक करिब ४० लाख लिटर पानीको माग रहेकोमा ३२ लाख लिटरसम्म मात्रै आपूर्ति भइरहेको छ । तर गर्मी याममा यो आपूर्ति घटेर २५ लाख लिटरसम्ममा झर्ने गरेको छ ।
संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र शर्माका अनुसार मोदी गाउँपालिकाको पाती खोला, कुश्मा नगरपालिकाको क्यादी खोला र डम्डारे खोला गरी तीन ठाउँबाट कुश्मा बजारको लागि पानीको आपूर्ति हुने गरेको छ । गत भदौमा भएको भीषण वर्षासँगै आएको पहिरोका कारण डम्डारे खोलाको आपूर्ति अवरुद्ध अवस्थामा रहेको छ । त्यहाँबाट प्रति सेकेन्ड दुई लिटर पानी आउने गरेको थियो । मोदी गाउँपालिकाको पाती खोलाबाट ल्याइएको पाइपमा हिउँद र बर्खा सबै समयमा प्रति सेकेन्ड १७ लिटर पानीको आपूर्ति हुँदै आएको छ । पानीको मुख्य स्रोतको रूपमा रहेको खुर्कोटको क्यादी खोलाबाट प्रति सेकेन्ड २२ लिटर पानी आउने भए पनि गर्मी याममा प्रति सेकेन्ड छ लिटरमा झर्ने गरेको छ । मुख्य स्रोतबाट नै प्रति सेकेन्ड १६ लिटर कम पाउने आउँदा बजारमा पानीको अभाव हुने गरेको छ ।
बोरिङ गरेर पानी निकालिए पनि माग अनुसार पानीको पर्याप्तता भने अझै पनि हुने छैन । सामान्य अवस्थामा प्रति सेकेन्ड ४१ लिटर पानीको आपूर्ति हुने गरेको कुश्मामा गर्मी याममा प्रति सेकेन्ड २५ लिटर मात्रै पानी आउने गरेको छ। बोरिङबाट निकालिएको पानीले प्रति सेकेन्ड ३१ लिटर आपूर्ति हुने छ । गर्मी याममा मागको आधा मात्रै पानी पाउने गरेका कुश्माबासीले बोरिङको पानीका कारण अघिल्लो हिउँदमा जस्तै अभाव यस वर्षको हिउँदमा भने भोग्नु नपर्ने भएको छ ।

thahakhabar.com

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive