बुध, माघ २८, २०८२
Wed, February 11, 2026

शिक्षक परीक्षामा दुईथरी परिचयपत्र

चैत्र १३, २०७८

काठमाडौँ, चैत १३ गते । शिक्षक सेवा आयोगले लिने सबै परीक्षामा अबदेखि सहभागी हुने परीक्षार्थीले दुई खालका परिचयपत्र बोक्नुपर्ने भएको छ । परीक्षार्थीले आयोगबाट वितरण हुने प्रवेशपत्रका साथ व्यक्तिगत परिचय खुल्ने अर्को परिचयपत्र पनि बोक्नुपर्ने भएको हो । परीक्षामा गलत उम्मेदवारले परीक्षा दिन सक्ने खतरालाई ध्यानमा राखेर आयोगले पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो ।

त्यसबाहेक उम्मेदवारले प्राप्त गरेको प्रवेशपत्रमा उम्मेदवारको परिचय खुल्ने केही अस्पष्टता देखिएको गुनासो आएकोले पनि सबै परीक्षार्थीलाई प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जानुपर्ने व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले बताउनुभयो । आयोगले सञ्चालन गर्ने खुला तथा आन्तरिक प्रतियोगिता परीक्षामा यो नियम लागू हुनेछ ।

आयोगले माध्यमिक तहको परीक्षा यही चैत १५ गते, निम्न माध्यमिक तहको १७ गते, प्राथमिक तहको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते परीक्षा सञ्चालन गर्दैछ । परीक्षाका उम्मेदवारले प्रवेश परीक्षाका साथमा परिचय खुल्ने नागरिकता शैक्षिक प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जानुपर्ने आयोगका सूचना अधिकारी मरहट्ठाले जानकारी दिनुभयो ।

गोरखापत्र

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive