बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025

गण्डकी प्रदेशमा मानव अधिकार रक्षक सञ्जाल गठन, पर्वतका पौडेल महासचिवमा सर्वसम्मत

चैत्र १३, २०७८

रामशरण पोख्रेल

पर्वत गण्डकी प्रदेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्नेहरुको सञ्जाल गठन गरेर सुरुवात गरिएको छ ।

नेपालमा अहिलेसम्म मानव अधिकार रक्षक सञ्जालको गठन भएको थिएन । गण्डकी प्रदेशका मानवाधिकार रक्षक हरुको पोखरामा भएको एक भेलाले बाग्लुङकी लक्ष्मी जिसिको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

सञ्जालको सह-संयोजकमा कास्किका राम बहादुर पौडेल, महासचिवमा पर्वतका माधव पौडेल, सचीवमा नवलपुरका खड्कमान मानन्धर र काेषाध्यक्षमा लमजुङका चन्द्र बहादुर मिश्र सर्वसम्मत चयन भएका छन । महासचिवमा निर्वाचित पौडेल मानव अधिकार संगठन पर्वतका अध्यक्ष समेत हुन ।

यस्तै सदस्यहरूमा मनाङबाट मिनकाशी गुरुङ, मुस्ताङबाट पुष्पा शेरचन, म्याग्दीबाट हरि प्रसाद पौडेल, तनहुँबाट कल्पना पौडेल, स्याङ्जाबाट ओम प्रसाद शर्मा, गोर्खाबाट रेशम उप्रेती लाई चयन गरिएको छ । त्यसैगरी सो कार्यसमितिको पहिलो बैठकले अपांगता तर्फ अञ्जना केसि, सुरक्षा गृह तर्फ शक्ति समुह, उत्पीडित तर्फ एफइडिओ नेपाललाई सदस्यमा मनोनीत गरेको छ । देशै भरिका मानव अधिकाररक्षक हरुको हकहितका लागि र मानवाधिकार कर्मीहरुलाइ एकजुट गराउनका निम्ति सञ्जालले काम गर्ने बताइएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive