रामशरण पोख्रेल
चैत १३, २०७८
पर्वत : नेपाल विद्यार्थी संघ पर्वतले दीप प्रज्वलन गरेर नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री एवं मन्त्री स्वर्गीय नबिन्द्रराज जोशीको प्रथम स्मृति दिवस मनाएको छ ।
नेपाली काङ्ग्रेस पर्वतको पार्टी कार्यालय अगाडि गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गीय जोशीले देखाएको प्रजातान्त्रिक समाजवादको बाटोमा लाग्न सकियो भने जोशिको आत्माले शान्ती पाउने बताएका थिए ।
उनीहरुले स्वर्गीय जोशीले पार्टीका लागि गरेको योगदान अवस्मरणीय रहेकाले उनले देशका लागि देखेका सपनाहरु पूरा गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका अवसरमा नेपाली काङ्ग्रेस जिल्ला उपाध्यक्ष शिव सुवेदी, पार्टीका जिल्ला सहसचिव अच्युत तिवारी, महाधिवेशन प्रतिनिधि बसन्त बहादुर सिके, महाधिवेशन प्रतिनिधि मिना कर्माचार्य, प्रदेश ख का सचीव ठाकुर रसाइली, प्रदेश क का कोषाध्यक्ष चित्रकला भारती, नेपाल दलित संघ गण्डकी प्रदेशका सचिव याम बहादुर परियार, नेपाल शिक्षक संघ पर्वतका उपाध्यक्ष गोबिन्द प्रसाद पोखरेल, लगायतले स्वर्गीय जोशीप्रती श्रद्धासुमन प्रकट गरेका थिए ।
नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष सन्तोष पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ कुश्मा नगर सभापति अजय पोखरेलले गरेका थिए ।
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025