बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

शिव परियारको ‘कुरा दामी हो’

चैत्र १४, २०७८

चैत १४, २०७८
पर्वत : गायक शिव परियारले आफ्नो पुरानो गीत ‘क्या दामी भो’ को सिरिज अन्तर्गतको दोस्रो भाग ‘कुरा दामी हो’ सार्वजनिक गरेका छन्।
मदिरा र मायामा अति गर्न नहुने सन्देश बोकेको गीत सोमबार सार्वजनिक भएको हो। राजेन्द्र थापाले लेखेको गीतमा स्वर भने गायक परियारले नै भरेका छन्। दीपक थापाको सङ्गीत रहेको गीतको एरेन्ज साहस शाक्यले गरेका छन्।
गीतको म्युजिक भिडिओमा अरुण क्षेत्री र प्रियना आचार्यको अभिनय रहेको छ। रोशन विश्वकर्माले कोरियोग्राफी, अर्जुन तिवारीको छायाङ्कन रहेको गीतको निर्देशन शान थापाले गरेका छन्।
हेर्नुहोस् भिडिओ :

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive