शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

शिक्षक संघ कुश्मा नगर समितिको पदस्थापन

चैत २६, २०७८
पर्वत : नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाका लागि बनेको नयाँ कार्यसमितिको शनिवार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय रहेको बी.पी. स्मृति प्रतिष्ठानमा आयोजना गरिएको पदस्थापन कार्यक्रममा पुरानो समितिमा रहेका जिम्मेवारीहरु नयाँ समतिलाई हस्तान्त्रण गर्दै पदस्थापान गरिएको हो । निवर्तमान समितिका अध्यक्ष बालकृष्ण सुवेदीले नयाँ बनेको समितिका अध्यक्षा मिम शर्मा लामिछानेलाई संघको माइन्यूट हस्तान्त्रण गर्दै नयाँ पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरेका हुन् ।
त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले शिक्षकहरुको अथक मिहिनेतबाट नै देशले योग्य नागरिक पाउने भएकोले आफ्नो कर्ममा इमान्दारिताका साथ लाग्न अनुरोध गरे । नेपालका शिक्षकहरुले विभिन्न समस्याहरु भोगीरहेको सन्र्दभमा बोल्दै उनले शिक्षकका जायज मागहरु सरकारले पूरा गरेर शिक्षकहरुलाई अध्यापनमा उत्साहका साथ लाग्न प्रेरित गर्नुपर्ने धारणा राखे ।
सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष लामिछानेले आफूहरु पेसागत रुपमा इमान्दार रहेको बताउँदै आउँदा दिनमा पनि शिक्षकहरुको पेसागत हकहितमा काम गर्ने बताए । शिक्षकहरुको वृत्ति विकास सहित अन्य मुद्धामा पनि शिक्षक संघ लगातार लागिरहने उनको भनाई छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive