मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

कारागारमा स्वास्थयकर्मी ब्यबस्थापन गर्न ईन्सेककाे माग

पर्बत, जिल्ला कारागार पर्बतमा स्वास्थ्यकर्मी ब्यबस्थापन गर्न ईन्सेक पर्बतले माग गरेकाे छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) पर्बत प्रतिनिधि सन्ताेष थापाले बुधबार पर्बतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकाेटालाई ध्यानाकर्षण पत्र बुझाउदै कारागारमा स्वास्थकर्मी ब्यबस्थापन गर्न अनुराेध गर्नुभएकाे हाे । पर्बत कारागारमा स्वास्थ समुह चाैथाे तह अहेबकाे दरबन्दी रहेपनि २०७६ असाेज देखि कुनै पनि स्वास्थ्यकर्मी हाजिर भएका छैनन् । कारागारमा ९० भन्दा बढी कैदी र थुनुवा रहका छन् ।

स्वास्थ्यकर्मी नहुँदा सामान्य बिरामीले समयमा उपचार पाउन सकेका छैनन् भने दिर्घ राेगी र जटिल प्रकृतिका बिरामीलाई नियमित स्वास्थ्य परीक्षणमा समस्या भएकाे छ । प्रमख जिल्ला अधिकारी सापकाेटाले सम्बन्धित निकायमा तत्काल खबर गरेर स्वास्थ्य कर्मी ब्यबस्थापनमा पहल गर्ने अाश्वासन दिनुभयाे । यता कारागार पर्बतमा कार्यरत कर्मचारी हरिकृष्ण शर्माले कारागार बिभागमा जानकारी गराईएकाे बताउनुभयाे ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive