बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

आजदेखि सातौं कृषि गणना, कृषकलाई २४ प्रश्न सोधिने

बैशाख ६, २०७९

काठमाडौं : आजदेखि देशका ७७ जिल्लाका ७५३ पालिकाका ३ लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ।

कृषि गणनाका लागि ५ हजार २०० गणक र १ हजार ३०० सुपरिवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उप–महानिर्देशक हेमराज रेग्मीले जानकारी दिए।

वैशाख ६ देखि १९ सम्म सञ्चालन हुने कृषि गणनामा स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल ३ लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तरवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने छ। तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरिवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ।

सातौँ कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपंक्षी पालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन्।
राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिन केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।

यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा बाँझो जमिनको समेत तथ्याङ्क सङ्कलन गरिने भएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive