मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

मुस्ताङ जाने बाटो : वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा बन्द हुने

पर्वत : हिमाल पारीको जिल्ला मुस्ताङ जाने एक मात्र सडक मार्ग दैनिक चार घण्टा बन्द हुने भएको छ।
कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना खण्डलाई चौडा गर्ने तथा स्तरोन्नतीको काम गर्नको लागि सडक बन्द हुन लागेको हो।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार यही वैशाख सात गतेदेखि २० गतेसम्म बिहान ११ देखि दिउँसो तीन बजेसम्म सडक अवरुद्ध हुने भएको हो।

सडकलाई चक्लाबन्दी गर्ने क्रममा ब्रेकरले चट्टान फुटाउन सक्ने अवस्था नरहेपछि मुस्ताङको घाँसा, काभ्रे भीर लगायतका ठाउँमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि सडक बन्द गर्न लागिएको हो। जिल्ला सुरक्षा समितिको बैठक बसेर सडक निर्माणको काममा सहजीकरण गर्नको लागि बाटो बन्द गर्ने निर्णय भएको सहायक प्रजिअ ढकालले बताए।

मुस्ताङ पुग्ने सोही सडक अन्तर्गत पर्वतमा पनि दैनिक पाँच घण्टा सडक बन्द गरिएको छ। मालढुङ्गा–बेनी सडक खण्ड गत शनिवारदेखि दैनिक पाँच घण्टा बन्द भइरहेको हो। पर्वतको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि १३ किलोमिटर दूरीमा म्याग्दीको बेनीसम्म जोडिने साँघुरो सडकको चक्लाबन्दी र स्तरोन्नतीको कामका लागि सडक बन्द गरिएको हो।

सवारी गुडिरहेको अवस्थामा सडक निर्माणको काम गर्न समस्या हुने भएपछि निर्माण कम्पनीको अनुरोधमा जिल्ला प्रशासन कार्यालय पर्वतले बिहान ११ बजेदेखि दिउँसो चार बजेसम्मका लागि सडक बन्द गरेर काम गर्न अनुमति दिएको छ।

पर्यटकीय सिजन सुरु भएसँगै मुस्ताङ आउ जाउ गर्ने सवारीहरूको चाप बढ्दा सडकमा काम गर्न समस्या भएपछि निर्माणको काम गरिरहेको ’एपेक्स–खड्का कृष्ण जेभी’ले पर्वत प्रशासनमा सडकको काममा सहजीकरण गरिदिन अनुरोध गरेको थियो।

मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ। छ तर मुस्ताङमा बन्द गरिएको सडकको वैकल्पिक सडक नभएका कारण पर्वतबाट वैकल्पिक सडक प्रयोग गरेर म्याग्दी हुँदै मुस्ताङ जान लागेका सडकहरू म्याग्दीको माथिल्लो भागमा पुगेपछि रोकिएर बस्नुपर्ने छ।

thahakhabar

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive