बिहिबार, मंसिर २०, २०८१
Thursday, December 5, 2024

अब हामी सबैको साझा भएका छौँ : नगरप्रमुख तिवारी (भिडियो)

संजय रेग्मी
जेठ ७, २०७९
पर्वत : पर्वतको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले आफू सहित हालै निर्वाचित भएका फलेवासका सबै जनप्रतिनिधिहरु सबै राजनीतिकक दलहरुका साझा व्यक्ति भएको बताएका छन्।
शुक्रवार भएको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उनले चुनावी मोर्चामा रहेको बेलामा राजनीतिक दलको उम्मेदवार रहने भए पनि सार्वजनिक पदमा आइसकेपछि सबै जनप्रतिनिधिहरु आम नागरिकको साझा ब्यक्तिका रुपमा रहने बताएका हुन्। त्यसमा पनि आफू पाँच दल मात्र नभई छ दलका कार्यकर्ताहरुले मतदान गरेर निर्वाचित भएको व्यीक्त भएकाले सबैको साझा व्यक्तिको रुपमा रहेको उनको भनाई छ।
‘’पाँ दलीय होइनकी छ दलीय गठबन्धनबाट म निर्वाचित भएको हो। म सबैको साझा व्यक्ति हो। नेपालको नमूना नगरपालिका बनाएर देखाउन सकेमा सबैको चित्त बुझ्न सक्छ,’ उनले भनेका छन्, ‘म यो दलबाट आएको भन्दा पनि अब हामी सबै एक भएका छौँ। सबैको दलको मतदानबाट जितेर आएको हो। ५७ जनाको तर्फबाट नै आभार व्यक्त गर्दछु। जनताले दिएको अभिभारा पूार गर्न हामी प्रतिबद्ध छौँ।’
यस्तै सरकारी कार्यालयभित्र पसिसकेपछि कर्मचारी र जनप्रतिनिधि कसैले पनि राजनीति नगर्ने प्रतिबद्धता पनि नगरप्रुमख तिवारीले व्यक्त गरेका छन्। कार्यालयको गेट बाहिर निस्केपछि पार्टीका मान्छेलाई भेटे पनि कार्यालय समयमा सबैका लागि समान व्यवहार गर्ने र राजनीतिक रुपमा नमुछिने उनको भनाई छ। ‘म प्रशासक होइन सेवक हो। म आफूले पाउने तलब पनि दुःखी, गरिब, असाह्य, पढन नपाएका विद्यार्थीहरुलाई लगानी गर्ने छु। नगरप्रमुखले चढने गरेको सवारी नागरिकको लागि प्रयोग हुने छ,’ तिवारीले भने, ‘नगरबस चलाउनुपर्ने आवश्यकता छ। बर्खाको बेलामा सबै वडाबाट नगरपालिकाको कार्यालयसँग सञ्चालन गर्नु छ। अर्को कुरा कार्यालयका गेटबाट बाहिर निस्केपछि आफ्ना नेतालाई भेटौँला तर कार्यालयमा बसेपछि राजनीतिक कुरा हुँदैन। म आफै पनि त्यो गर्दिन।’

 

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive