बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

बडागाउँमा चलिरहेको महोत्सवमा आइतबार आले र दूतराजले स्टेज तताउँदै

जेष्ठ ८, २०७९

जेष्ठ ८, २०७९
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा चलिरहेको कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सवको तेस्रो दिन लोक तथा दोहोरी गायिका प्रीति आले सहितका कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने भएका छन्।

महोत्सवका संयोजक शिव उचै ठकुरीका अनुसार आइतबार दिउसोदेखि साँझसम्म प्रीति आले, प्रकाश दूतराज, सिता राना, सुमन के.सी, पूजा गुरुङ, गंगाराम परियार, चित्रसागर श्रेष्ठ, आर.सी पौडेल (रामचन्द्र), सूदिप क्षेत्री लगायतका कलाकारहरुले आफ्ना सांगितिक प्रस्तुतीहरु दिन लागेका छन्। यस्तै रिडोम्स ब्यान्डका भोकलिस्टहरु सुजन सुनार र सन्दिप बस्यालका प्रस्तुतीहरु आइतबार पनि हेर्न पाइने आयोजकले बताएको छ।

पहिलो दिन उद्घाटनमा नै बितेको महोत्सवको दोस्रो दिन पनि निर्माण सम्बन्धि केही काम बाँकी रहेका कारण दर्शकहरुको सोचेजस्तो उपस्थिति रहेको थिएन्। तर स्टल र स्टेज निर्माण सहितका सबै कामहरु सक्नुका साथै आइतबारदेखि राष्ट्रिय रुपमा ख्याती कमाएका लोक तथा दोहोरी कलाकाहरु, सुगक संगितका गायकहरु तथा ¥यापरहरुको उपस्थिति रहँदा दर्शकहरुको संख्या पनि बाक्लो हुने भएको छ।

कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा दैनिक सांगितिक प्रस्तुती, स्थानीय व्यापार व्यवसाय प्रबद्र्धनका लागि व्यसायीहरुका स्टलहरु, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, पिङ, डुङ्गा, ड्रागन रेल, बाल उद्यान, चमेना गृह, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक प्रस्तुती तथा हास्य प्रहसन, पर्वत डान्स आइडोल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, उत्कृष्ट व्यवसायिक व्यक्तिहरुलाई सम्मान गर्ने तयारी गरिएको छ।

कुलेन्द्र बि.क, बिमलराज क्षेत्री, एलिना चौहान, ज्योती मगर, पशुपति शर्मा, खुमन अधिकारी, लगायतका दोहोरी कलाकारहरु सहित सुगम र हिपहप कलाकारहरुहरुलाई पनि महोत्सवका आकर्षणका रुपमा बोलाउन लागिएको छ।

महोत्सव अवलोकनको लागि बिद्यार्थी, बालबालिका र ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ मूल्य तोकिएको छ भने साधारण टिकटको मूल्य ७० रुपैयाँ राखिएको छ। महोत्सवबाट आम्दानी भएको रकमबाट कार्यक्रम आयोजना गरिएको बडागाउँ खेल मैदानमा शौचालय निर्माण गर्ने, मैदान व्यवस्थापनमा सघाउने र नेपाल पत्रकार महासंघ पर्वत शाखालाई आवश्यक पर्ने केही डिजिटल सामग्रीरु हस्तान्तरण गर्ने योजना राखिएको छ।

महोत्सवमा राखिएको जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको बिजेता टोलीले एक लाख एक हजार रुपैयाँ, दोस्रोले ५५ हजार रुपैयाँ, तेस्रोले ३० हजार रुपैयाँ र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँ पाउने गरी पुरस्कारको व्यवस्था गरिएको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive