शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

बडागाउँको महोत्सवमा अबको केही बेरमा स्टेज चढ्दै आले र दूतराज

जेष्ठ ८, २०७९

जेष्ठ ८, २०७९
पर्वत : नेपाली लोक सांगितिक क्षेत्रका दुई अब्बल कलाकारहरु प्रीति आले र प्रकाश दूतराजले अबको केही बेरमा कुश्माको बडागाउँमा चलिरहेको कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सवमा आफ्ना प्रस्तुतीहरु राख्ने भएको छन् ।

कार्यक्रममा प्रस्तुति राख्नको लागि आईतबार दिउसो नै कुश्मा आइपुगेका उनीह दुवै जनाले आफ्ना सफल दर्जन बढी गीतहरु प्रस्तुत गर्ने महोत्सवका संयोजक शिव उचै ठकुरीले बताए । महोत्सवको तेस्रो दिनमा परेको विदालाई सदुपयोग गर्दै दर्शकहरुको बाक्लो उपस्थिति रहेको उनको भनाई छ।

आइतबार दिउसोदेखि सिता राना, सुमन के.सी, पूजा गुरुङ, गंगाराम परियार, चित्रसागर श्रेष्ठ, आर.सी पौडेल (रामचन्द्र), सूदिप क्षेत्री लगायतका कलाकारहरुले आफ्ना सांगितिक प्रस्तुतीहरु दिइरहेका छन् । यस्तै रिडोम्स ब्यान्डका भोकलिस्टहरु सुजन सुनार र सन्दिप बस्यालका प्रस्तुतीहरु आइतबार पनि राखिएको छ ।

कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा दैनिक सांगितिक प्रस्तुती, स्थानीय व्यापार व्यवसाय प्रबद्र्धनका लागि व्यसायीहरुका स्टलहरु, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, पिङ, डुङ्गा, ड्रागन रेल, बाल उद्यान, चमेना गृह, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक प्रस्तुती तथा हास्य प्रहसन, पर्वत डान्स आइडोल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, उत्कृष्ट व्यवसायिक व्यक्तिहरुलाई सम्मान गर्ने तयारी गरिएको छ ।

महोत्सव अवलोकनको लागि बिद्यार्थी, बालबालिका र ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ मूल्य तोकिएको छ भने साधारण टिकटको मूल्य ७० रुपैयाँ राखिएको छ । महोत्सवबाट आम्दानी भएको रकमबाट कार्यक्रम आयोजना गरिएको बडागाउँ खेल मैदानमा शौचालय निर्माण गर्ने, मैदान व्यवस्थापनमा सघाउने र नेपाल पत्रकार महासंघ पर्वत शाखालाई आवश्यक पर्ने केही डिजिटल सामग्रीरु हस्तान्तरण गर्ने योजना राखिएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive