बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

नवनिर्वाचित जनप्रतिनिधि आफैँले मर्मत गरे सडकको नाली

पर्वत : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङलाई सदरमुकाम कुश्मा बजारसँग जोड्ने दुर्लुङ–कुश्मा सडकखण्डको केही भाग हालै निर्वाचित भएका जनप्रतिनिधिहरूले नै सफा गरेका छन्।

बर्खा याम आएको र दिनहुँजसो भइरहेको वर्षाका कारण नाली पुरिएर सडक नै बिग्रने अवस्था आएपछि जनप्रतिनिधिहरू नै गल र गैँची बोकेर सडकको नाली निर्माणमा लागेको हुन्। दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले आफूसहित हालै निर्वाचित भएका अन्य ४ जना सदस्यहरूको नेतृत्वमा केही गाउँलेहरूको सहयोग लिएर झन्डै साढे दुई किलोमिटर सडकको नाली सफा गरिएको बताए।

नाली अड्किएको ढुङ्गा, माटो, पात, रुखका जरा लगायतका कारण नाली थुनिएका कारण आफूहरू नै नाली सफाइमा निस्किएको उनको भनाइ छ। ‘हामी जनताको काम गर्ने भनेर निर्वाचित भएका छौँ। नाली थुनिँदा सडकमा आएको भेलले बाटो एक छिनमा स्वाहा पारिदिन्छ। गाउँ आउजाउ गर्ने यातायात नै बन्द हुने अवस्था पनि आउन सक्छ,’ उनले भने, ‘कोदाली र साबेलले फाल्न सक्ने नालीको भाग हामीले सफा गरेका हौँ। अब अलिकति भाग मान्छेले सफा गर्न नसक्ने खालको छ, त्यसका लागि जेसीबी बोलाएको छु।’

वडाध्यक्षसहित सदस्यहरू महेन्द्रकुमार गुरुङ, चूडामणि शर्मा, सुधा गुरुङ र गङ्गामाया बिकसहित झन्डै १५ जना गाउँलेहरू मिलेर कुश्मा हुँदै जाने डाँडा बिसाउनेदेखि रोहोटे चोकसम्मको भागमा सफा गरिएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive