शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

पर्वतको कृषि तथा पर्यटन महोत्सवमा आज चन्द्र शर्मा र टीका सानुको लाईभ दोहोरी

जेष्ठ ९, २०७९

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालन भइरहेको पर्वत कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सवको चौथो दिन सोमबार नेपाली लोक तथा दोहरी क्षेत्रका चर्चित दुई कलाकारहरुको सांगितिक प्रस्तुतीहरु रहने भएका छन्।

लोक तथा दोहोरी मन पराउने जिल्लाका रुपमा चिनिने पर्वतमा दर्शकहरुकै मागको आधारमा सोमबार चन्द्र शर्मा र टीका सानुको दोहोरी तथा गायकी प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक शिव उचै ठकुरीले बताए। टीका सानु पछिल्लो समयमा दोहोरीमा निकै चलेकी कलाकार हुन्। युटुवबाट प्रशारण हुने लाईभ दोहोरी तथा स्टेजमा प्रस्तुत गरिने लाइभ दोहोरी दुवैमा सानुको लोकप्रियता रहेको छ। शर्मा पनि लामो समयदेखि स्टेज कार्यक्रममा जमिरहेका कलाकार हुन। शर्मा र सानुबीचको दोहोरी निकै रमाईलो हुने गरेको छ। पर्वतका दर्शकहरुले सोमबार उनै कलाकारहरुको दोहोरीमा आनन्द लिने मौका पाएका छन्।

यसअघि महोत्सवको तेस्रो दिन आइतबार प्रीति आले लगायतका कलाकारहरुले स्टेज तताएका थिए। आलेको प्रस्तुती हेर्नको लागि महोत्सव स्थलमा आईतबार साँझ दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा दैनिक सांगितिक प्रस्तुती, स्थानीय व्यापार व्यवसाय प्रबद्र्धनका लागि व्यसायीहरुका स्टलहरु, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, पिङ, डुङ्गा, ड्रागन रेल, बाल उद्यान, चमेना गृह, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक प्रस्तुती तथा हास्य प्रहसन, पर्वत डान्स आइडोल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, उत्कृष्ट व्यवसायिक व्यक्तिहरुलाई सम्मान गर्ने तयारी गरिएको छ ।

महोत्सव अवलोकनको लागि बिद्यार्थी, बालबालिका र ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ मूल्य तोकिएको छ भने साधारण टिकटको मूल्य ७० रुपैयाँ राखिएको छ । महोत्सवबाट आम्दानी भएको रकमबाट कार्यक्रम आयोजना गरिएको बडागाउँ खेल मैदानमा शौचालय निर्माण गर्ने, मैदान व्यवस्थापनमा सघाउने र नेपाल पत्रकार महासंघ पर्वत शाखालाई आवश्यक पर्ने केही डिजिटल सामग्रीरु हस्तान्तरण गर्ने योजना राखिएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive