शनि, असार ७, २०८२
Sat, June 21, 2025

कुश्माको चुवाका प्रत्येक घरमा एक धारा जडान हुँदै

जेष्ठ ९, २०७९

जेठ ९, २०७९
पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवाका प्रत्येक नागरिकका घरमा १÷१ धारा जडान गर्न लागिएको छ।
आउँदो असार मसान्तसम्ममा साबिकको वडा–१ र २ मा तथा बाँकी रहेका साबिकका वडाहरुमा आगामी आर्थिक वर्षमा धारा निर्माणको सम्पन्न गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको तीन करोड बजेटबाट साबिकका नौ ओटै वडालाई समेट्ने गरी खानेपानी आयोजना निर्माणको काम चलिरहेको वडाध्यक्ष सुरेन्द्र के.सी ले बताए ।
के.सी. का अनुसार अहिले प्रत्येक घरमा पक्की धारो निर्माण गर्ने, पानीका स्रोतहरू पहिचान गरी एकत्रित गर्ने, एकीकृत ट्याङ्की निर्माण, पाइप बिछ्याउने कामहरू भइरहेका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा केही र बाँकी रहेका धाराहरु आउँदो आर्थिक वर्षमा पूरा गर्ने गरी गत वैशाखमा निवर्तमान वडाध्यक्ष राजकुमार क्षेत्रीले आयोजनाको शिलान्यास गरेका थिए ।
बिहान बेलुका सहित काम गरेर तीव्र गतिमा आयोजनाको काम अगाडी बढेको छ । गत वैशाखमा मात्रै सुरुवात भएको योजना असारको मसान्तसम्ममा पूरा गरिसक्ने गरी बजेट आएको थियो । उनले भने,‘सदरमुकाम कुश्माबाट नजिक भए पनि चुवामा खानेपानीको राम्रो व्यवस्थापन हुन सकेको थिएन । अब प्रत्येक घरमा धारा निर्माण भएपछि चुवामा पानीको समस्या रहँदैन ।’
निवर्तमान वडाध्यक्ष राजकुमार क्षेत्रीले वडामा रहेका कुल ५०० घरमा पानीको व्यवस्थापन गर्ने प्रदेश सरकारले बजेटबाट तोकिएकै सङ्ख्यामा ट्याङ्की र धारा निर्माण गर्न लागिएको बताए । २०७४ मा आफू वडाध्यक्षमा निर्वाचित हुने बेलामा पानीको व्यवस्थापन गर्ने घोषणा गरेकाले सोही अनुसार प्रदेश सरकारसँगको सहकार्यमा ‘एक घर एक धारा’ निर्माण गर्न सफल भएको उनको भनाइ छ ।
चुनावको बेलामा प्रत्येक घरमा व्यवस्थित रूपमा पानीको सुविधा हुने छ भनेर त्यो बेलाको निर्वाचनमा नागरिक समक्ष घोषणा गरेको थिए । सोही अनुसार काम पनि भइरहेको छ । उनले भने, ‘यो योजना पूरा नहुने बेलासम्म टोल तथा समुदायमा रहेका केही धारा र मूलबाट गाग्रीमा पानी ओसार्नु परे पनि साउन महिनाबाट चुवावासीले गाग्रीमा पानी बोक्नुपर्ने छैन ।’
गाउँबाट केही पर रहेका छहरा, कर्कले मूल लगायतका ठाउँबाट गाउँमा आइरहेको पानीलाई अब भने एकीकृत गरेर समय वितरणको योजना रहेको छ । पानीको परिमाण आवश्यकता अनुसार उपलब्ध भएमा गाउँलेहरुले २४ सै घण्टामा धारामा पानी पाउने छन् । तर परिमाण भन्दा माग धेरै भएको अवस्थामा भने समय तालिका अनुसार धारामा पानी छाडिने छ । वडाध्यक्ष के.सी का अनुसार धारामा पानी नखस्ने बेलासम्म निर्माणका लागि आवश्यक रकमको कुनै पनि खर्च उपभोक्ताले तिर्नुपर्ने छैन ।
व्यक्तिगत रूपमा घर–घरमा जाने पाइप र मिटर जडानको काम पनि आयोजनाबाटै हुनेछ । निर्माणको काम पूरा भएपछि उपभोक्ता समितिले निश्चित रकम तोकेर केही रकम सङ्कलन गरेर मर्मतको लागि रकम जोहो गर्नेछ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive