बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

कुश्मा नगरपालिकाका आधारभूत तहका शिक्षकलाई प्रबोधिकरण तालिम सुरु

जेष्ठ १०, २०७९
पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा आयोजनामा आधारभूत तह अन्तर्गत कक्षा एकदेखि तीनसम्म अध्यापनरत शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधिकरण तालिम सुरु गरिएको छ ।
नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको तालिम १२ दिनसम्म चल्ने र त्यो अवधिमा २२० जना शिक्षकहरुलाई प्रशिक्षण दिइने शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीले बताए । परिवर्तित पाठ्क्रमको बारेमा जानकारी गराएर द्धविद्धा मेटाउने तथा शैक्षणिक प्रबिधिहरुको अनुभव साटासाट गर्ने उद्धेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । २२० जना शिक्षकहरुलाई विभिन्न ६ ओटामा समूहमा विभाजन गरेर एक समूहलाई दुई दिनका दरले ६ ओटा समूहलाई १२ दिनमा प्रशिक्षण गर्न लागिएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर शिक्षा शाखाका प्रमुख तिवारीले विद्यालयमा कार्यरत केही शिक्षकहरुलाई मात्रै प्रशिक्षण दिँदा बाँकी रहेका शिक्षकहरुमा रहेको अलमल मेटीन समस्या भएकाले यस पटक सबै शिक्षकहरुलाई पालोमा राखेर प्रशिक्षण दिन लागिएको बताए । अघिल्लो शैक्षिक सत्रको सुरुवातमा नै यो प्रशिक्षण सञ्चालन गर्ने भनिएको भए पनि कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द रहँदा तालिम सञ्चालन गर्न नसकिएको उनको भनाई छ । तर पछि विद्यालय खुलेपछि कार्यक्रम चलाउँदा लामो समय बन्द रहेका विद्यालयमा थप शैक्षिक क्षति हुन सक्ने भएका कारण चालु शैक्षिक सत्रको सुरुवातमा नै कार्यक्रम राखिएको शाखा प्रमुख तिवारीले जानकारी दिए ।
प्रशिक्षणमा सहभागी नारायण माध्यमिक विद्यालय कुश्माकी शिक्षक गीतादेवी रिजालले प्रशिक्षणले पाठ्क्रमको कार्यान्वयन, तथ्याङ्क व्यवस्थापन, मूल्याङ्कन प्रक्रिया लगायतका बारेमा रहेका समस्याहरुको समाधान भएको बताईन । प्रशिक्षण कार्यक्रममा फरक फरक विद्यालयका शिक्षकहरुले शिक्षण अनुभवहरु साटासाट गर्दा नयाँ प्रयोगबारे सिक्नका लागि सहज भएको अर्मादी प्राथमिक विद्यालयकी शिक्षक कल्पना ढकाल बताउँछिन् ।
प्रशिक्षण कार्यक्रममा शाखा प्रमुख तिवारी सहित शिक्षा शाखाकै अधिकृतद्धय दीपक सुवेदी र अर्जुन पौडेल तथा नारायण माध्यमिक विद्यालयका शिक्षक प्रकाश रिजालले सहजीकरण गरिरहेका छन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive