मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

पोखरा महानगर : प्रमुखमा नेकपा एसका आचार्य र उपप्रमुखमा एमालेकी गुरुङ विजयी

जेष्ठ ११, २०७९

जेठ ११, २०७९
पर्वत : कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन्।
आचार्यले नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतको अन्तरमा पराजित गरेका हुन्। कुल खसेका १ लाख ४३ हजार २२६ मतमध्ये आचार्यको पक्षमा ५८ हजार ८९३ मत पाएका छन् भने थापाले ५२ हजार ८४८ मत पाएका छन्।
नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले ५ हजार ६७४, अटेरी अभियानका खडक राज पौडेल (गनेश) ले ३ हजार ३० र विवेकशील साझाकी उम्मेदवार सुशीला के.सी (अधिकारी) ले ३३८ मत पाएका छन्।
उपप्रमुख पदमा नेकपा (एमाले) की उम्मेदवार मञ्जु देवी गुरुङले गठबन्धन अन्तर्गत नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८८३ मतले पराजित गरेकी छिन्। गुरुङलाई ६० हजार ५४६ मत पर्दा रानाभाटको पक्षमा ५६ हजार ६६३ मत आएका छन्। उपप्रमुख पदमा नै प्रतिस्पर्धा गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जना कुमारी सेन पौडेललाई ५ हजार ६९९ र विवेकशील साझाका माधव भण्डारीलाई २६४ मत आएका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive