मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

शुक्रवारदेखि दैनिक चार घण्टा बन्द हुँदै मालढुङ्गा–बेनी सडक

असार ३, २०७९

असार ३, २०७९
पर्वत : कालीगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द गरिने भएको छ।0
बुधवार जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाहरूको बैठकले बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नति कार्यको लागि असार ३ गतेदेखि ३२ गतेसम्म झन्डै एक महिनाका लागि बाटो बन्द राख्ने सहमति भएको हो।
योजना प्रमुख जगत प्रजापतिका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म दैनिक ४ घण्टा बाटो बन्द गरेर सडकका चौडा पार्ने तथा चट्टान काट्ने काम गर्न लागिएको छ। काम भइरहेका स्थानहरू निकै जोखिमपूर्ण रहेकाले सवारी आवतजावत चलिरहेको बेलामा सडकको काम गर्दा दुर्घटनाको जोखिम हुने भएका कारण सडक नै अवरुद्ध गरेर स्तरोन्नतिको काम गर्नुपरेको उनको भनाई छ।
यो अवधिमा कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि जलजला गाउँपालिका–३ वारी बेनीसम्मको सडक अवरुद्ध हुने छ। तर अत्यवाश्वक अवस्थामा रहेका एम्बुलेन्स वा बिरामी बोकेका सवारीहरूलाई भने सहजीकरण गरिने आयोजनाले बताएको छ। उक्त अवधिमा वैकल्पिक सडकको प्रयोग गरेर दैनिकीलाई सहज पार्न पनि आयोजनाले अनुरोध गरेको छ।
बाटो अवरोध हुन लागेको बारेमा केही व्यवसायी तथा स्थानीयबासीहरुले भने प्रायोजित ढङ्गबाट सडक अवरुद्ध गरिएको भन्दै त्यसको विरोध गरेका छन्। बाटोको स्तरोन्नतिको लागि भन्दै यस अगाडि पनि बन्द गरिएको बाटोलाई पुन अवरोध गर्नु केही व्यक्तिहरूको निहित स्वार्थको लागि भएको उनीहरूले बताएका छन्। अवरोध गर्नुपर्ने आवश्यकता नै नभएको ठाउँमा समेत लामो समयदेखि बाटो अवरुद्ध गरिनु आम नागरिकलाई दुःख दिने काम भएकोले यसमा सरोकारवालाहरूको ध्यान जानुपर्ने केही स्थानीयको भनाई छ।
यस अगाडि गत २०७८ पुस १५ गतेदेखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी आवत जावत बन्द गरेर सडकको काम गरिएको थियो। सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि आयोजनाले सडक बन्द गर्नुपरेको बताउँदै आएको छ। १३ किलोमिटर दुरीको सडकका विभिन्न भागमा काम भइरहेको छ।
मालढुङ्गादेखि जलजला गाउँपालिकाको वडा नं. ३, ४, ७ र ८ हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने उक्त सडकलाई  दुई लेनको बनाउन लागिएको छ। मालढुङ्गा–बेनी सडक चिन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोर अन्तरगत पर्छ। २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ।  हाल पिचसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न लागिएको हो।

thahakhabar

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive