बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

सेनाका उपरथी श्रेष्ठ : देशको लागि हतियारदेखि गीतका लागि शब्दसम्म (भिडियो सहित)

असार ३, २०७९

असार ३, २०७९
पर्वत :      उपमा के दिउँ मेरो जीवनमा तिम्रो आगमनको,
             मृत्यूलाई पनि जित्ने, अमृत समान भो।
             खडेरी परेको जीवनमा, मनसुन बनी आयौ,
             कालरात्री जस्तो भाग्यमा, पूर्णेको जून झैँ छायौ।
कसैको आगमनले जीवनलाई यति धेरै खुसी दिन सक्छ की जुन शब्दचित्रले जीवनचित्रलाई प्रस्तुत नगर्ला। तर जीवन अनुभूतिको यर्थाथता भने शब्दले व्यक्त गरेका हुन्छन्। ‘उपमा के दिउँ …’ ले पनि उस्तै भावना बोकेको छ। कसैको जीवनमा कसैको आगमनले कति अर्थ राख्छ? भन्ने देखाउँछ। मृत्यूलाई पनि जित्न सक्ने अमृत, खडेरी परेको जीवनमा मनसुन र कालरात्रीमा भए जस्तै अँध्यारो भाग्यमा पूर्णिमाको जुन देखिएको रात जस्तो पनि कसैको आगमनले बनाईदिन सक्छ।
सामान्यतः गीत वा गजलको रचना यही बिधामा लागेकाहरुको लागि दैनिक कार्य बनिरहेको हुन्छ, तर सांगितिक बिधा भन्दा फरक बिधामा रहेकाहरुबाट चलेका कलमले पनि कहिलेकाहीँ फरक स्वाद दिइरहेको हुन्छ। यसैको उदाहरण हो ‘उपमा के दिउँ …’।
जिन्दगीका कठिन मोडहरू र कहाली लाग्दा आरोह–अवरोहहरूमा आफ्नो मन पर्ने मान्छेको प्यार, साथ, र सद्भाव पाउँदा जीवन कसरी परिवर्तन हुँदोरहेछ भन्ने भावनामा लेखिएको यो गजल–गीतको शब्द रचना बाबुराम श्रेष्ठले गरेका हुन्। उनी नेपाली सेनाको उपरथी पदमा कार्यरत उनी हाल सेनाको मध्यकमाण्डका कमाण्डर हुन्।
गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–८ जौवारीका श्रेष्ठ बाल्यकालामा पनि साहित्यमा रचनामा सामान्य खालको रुची राख्दै आए। जागिरे जीवनमा प्रवेश गरेसँगै उनले सोचे जति समय शब्द रचनामा दिने पाएनन्, तर ढिलै भए पनि आफ्नो भावना गीतमार्फत प्रस्तुत गरे।
गाउँको मौलिक परम्परा सहित बीर र करुण रसमा रुची राख्ने श्रेष्ठ देशको सुरक्षाका खटिन पाउनुले आफू उत्साहित भएको बताउँछन्। साहित्य र संगित हरेक व्यक्तिको साथी हुने भएकोले आफूलाई पनि त्यसमा रुची लागेको उनको भनाई छ। ‘देशको सुरक्षाको लागि खटीन पाउनुजस्तो भाग्यमानी कुरा अरु के पो हुन सक्छ। जन्मदिने आमा र मातृभूमिको रक्षाको लागि सुरक्षाको चिन्तनमा रहनु गौरवको कुरा हो,’ उनी भन्छन्, ‘चिन्तनमा त देशको सुरक्षाकै कुरा हुन्छ तर फुर्सद पाएको बेलामा साहित्यको कलम चलाउनु पनि गज्जबको कुरा हो। यसले चिन्तनलाई अझै निखारता दिन्छ।’

उपमा के दिउँ, अमूल्य तिम्रो यो उपहारको,
    उराठ मेरो हरेक पल, बसन्त बहार भो ।
    शीतलहरले जीवन भिज्दा पारिलो घाम बन्यौ,
    छिया परेको यो मन बिसाउने चौतारी मै हुँ भन्यौ ।
    उपमा के दिउँ, उदार तिम्रो प्यार सद्भावको,
    मुर्झाएको मेरो जीवनमा प्राण प्रवाह भो ।
    अभावै अभावको जीन्दगीमा समृद्धि बनी आयौ,
    भोक पिडा जलन पिएर जीवन सार्थक बनायौ ।।
    उपमा के दिउँ, निस्वार्थ तिम्रो प्यार समर्पणको,
    अधुरो, अपूरो जीवन मेरो, साँच्चिकै पूर्ण भो ।

हेर्नुहोस भिडियो :

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive