सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

गाउँपालिकाका अध्यक्ष गुरुङ सहित हिलोमा खेल्दै बिहादीमा धान दिवस

असार १५, २०७९

असार १५, २०७९
पर्वत : पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिकामा नै पहिलो पटक धान दिवस मनाएको छ ।
दही र चिउरा खाएर हिलोमा खुट्टा राख्नै पर्ने दिनका रुपमा लिइने असारे १५ सामूहिक रुपमा धान रोपाई कार्यक्रमको आयोजना गरेर धान दिवस मनाइएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए । गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रम वडा नं. २ बर्राचौरको सेरा फाँटमा आयोजना गरिएको थियो।
गाउँपालिकाका अध्यक्ष गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका कृषि शाखाका प्रमुख सहित वडा नं. २ का वडाध्यक्ष गणेश शर्मा, वडा नं. ४ का वडाध्यक्ष विष्णु भुसाल, शिक्षक, बिद्यार्थी, अगुवा कृषक सहित स्थानीय नागरिकहरु पनि सहभागी भएका थिए।
कार्यक्रमको व्यवस्थापन गर्नको लागि गाउँपालिकाले नौनादी कृषक समूहलाई जिम्मेवारी दिएको थियो।
कार्यक्रममा सहभागी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले नेपाल कृषि प्रधान देश भएर पनि कृषि आयातमै भर पर्नु दुःखद पक्ष भएको बताए। निर्वाहमुखी कृषि क्रियाकलापले आयातलाई विस्थापन गर्न नसक्ने भएकाले हरेक कृषकले कृषिमा नै भबिष्य देखेर व्यवसायिक रुपमा उत्पादन थाल्नुपर्ने सुझाए। नेपालीको प्रवृत्ति भात खाने मात्रै हुँदै गएकाले अन्य अन्नलाई पनि महत्व दिनुपर्ने उनको भनाई छ। ‘हामीकहाँ भात मात्रै खाने प्रवृत्ति बढेको छ। बहिान भात दिउसो खाजामा पनि भात अनि बेलुका पनि भात। यसकै कारण हाम्रो स्वास्थ्य पनि चाहेको जस्तो बलियो बन्न सकेको छैन,’ अध्यक्ष गुरुङले भने, ‘हामी अझै पनि काम चलाउनको लागि मात्रै कृषि कर्म गरिरहेका छौँ। यसरी आयातलाई विस्थापन गर्न सकिँदैन। हामीले व्यवसायिक रुपमा उत्पादन गरेर आफ्ना आवश्यकता पूरा गर्दै निर्यात गर्न सक्नुपर्छ। व्यवसायिक कृषिका लागि गाउँपालिकाको तर्फबाट गर्नु पर्ने कुरा गर्न तयार छौँ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive