शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

माधव नेपाललाई दुई सय वर्ष बाँच्न योगेश भट्टराईको शुभकामना

असार १३, २०७९

असार १३, २०७९
पर्वत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेप्रति अशिष्ट टिप्पणी गरेको भन्दै एमालेका सचिव योगेश भट्टराईले नेपाललाई दुई वर्ष बाँच्न शुभकामना दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै भट्टराईले एमालेमाथि पटक पटक भद्दा र अशिष्ट टिप्पणी गरेको भए पनि आफूहरूले त्यस्तो नगरेको बताउँदै फेरि पनि तल्लो स्तरमा झरेर बोलेको उल्लेख गरेका छन्। ‘कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र अशिष्ट टिप्पणी गर्नुभयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौँ। अस्ति फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो,’ उनले लेखेका छन्, ‘अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए। समाजवादीका युवाहरूको चित्त दुखेछ! माफ गर्नुहोला तपाईँहरूको चित्त दुखाउनु मेरो मनसाय होइन। अब उनीहरू खुसी हुने गरी म भन्न चाहन्छु–“कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”
भट्टराईले आफू र माधव नेपालबिचको सम्बन्धका बारेमा ११ बुँदामा स्पष्ट पारेका छन्। माधव कुमार नेपालसँग सवाल जवाफ गर्नु आफ्नो मनसाय नभएको बताएका छन्।
यस्ता छन् भट्टराईले लेखेका बुँदा
१. पञ्चायत कालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ। त्यति बेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु।
२. वहाँमा थुप्रै राम्रा गुणहरू छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु। वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन् र यो जारी रहने छ।
३. नेकपा एमालेको पाँचौँ महाधिवेशन (२०४९) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो। हामी सुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौँ।
४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो। मेरो समर्थन वहाँलाई थिएन।
५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिव हुनुभयो। मेरो समर्थन वहाँलाई थियो।
६. आठौँ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो। हामी वहाँसँग लागेनौँ।
७. नवौँ महाधिवेशनमा वहाँ पुरानै धारमा फर्कनु भयो। अध्यक्षको उम्मेदवार हुनुभयो। हामीले साथ दियौँ। जित्नु भएन।
८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन।
९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने। त्यसमा मलाई पछुतो छैन।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ। राष्ट्रिय सम्मेलनबाट चुनिएको। वहाँ पार्टीको महासचिव। वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो। वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ। मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ। गुरुहरूप्रति मेरो सदा सम्मान छ। र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु। म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive