बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

नाग्लीवाङमा पर्वत रेडक्रसको उपशाखा, सभापतिमा विप्लवजंग हमाल

असार १५, २०७९पर्वत : नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखाको उपशाखा जलजला गाउँपालिका–८ मा पनि विस्तार भएको छ।
जिल्ला शाखाले गत फागुन महिनामा गरेको पत्र अनुसार नाग्लीवाङमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो। तदर्थ समितिको सभापतिमा समाजसेवी विप्लवजंग हमाल चयन भएका छन्। यस्तै उपसभापतिमा हरेमबहादुर खत्री, सचिवमा पुष्पा खत्री के.सी, कोषाध्यक्षमा हरि रेग्मी तथा सदस्यहरूमा दिलबहादुर रेग्मी, टिकाबहादुर घर्ती क्षेत्री, भक्त बहादुर थापा, यमुना महत क्षेत्री र बुद्धि  परियार रहेका छन्। समितिको प्रमुख सल्लाहकारमा वडाध्यक्ष हरिविकास जि.सी रहेका छन्।
विशुद्ध सामाजिक सेवामा सक्रिय रहँदै आएको रेडक्रसले सामाजिक सेवा मात्र नभई व्यक्तिको नेतृत्व, सामूहिक भावना, एकता लगायतका पक्षको पनि विकास गर्ने भएका कारण उपशाखा नै स्थापना गरिएको सभापति विप्लवजंग हमालले बताए। ‘रेडक्रस जस्तो पवित्र संस्थामा रहेर सामाजिक सेवा गर्न पाउनु सबैको लागि राम्रो कुरा हो। सामाजिक कामका लागि हामीले राम्रो अभ्यास गर्न सकेमा मात्र हामी पछिको पुस्ताले पनि यसमा मन लगाउने छ,’ उनले भने, ‘यो उपशाखाले रेडक्रसको जिल्ला शाखाले तोकेका तथा रेडक्रसका विश्वव्यापी मान्यतामा आधारित रहेर काम गर्ने छ। उपशाखामा जति सक्दो धेरैलाई आबद्ध गरेर रेडक्रसको अभियानलाई थप बलियो बनाउने छौँ।’
रोटरी क्लब अफ पर्वतको वर्ष २०१७÷१८ को अध्यक्ष समेत भएका हमाल हाल शिव माध्यमिक विद्यालय फर्सेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन्।
हमाल नेपाल तरुण दल अन्तर्गतको केन्द्रीय तरुण परिचालन समितिको केन्द्रीय सदस्यको रूपमा रहेका छन्। पर्वत जिल्ला सहित देशभर नै धार्मिक, बौद्धिक, शैक्षिक लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेका हमाल विपद् र समस्यामा रहेका व्यक्तिलाई सघाउने समाजसेवी हुन्। उनी नेपाल खानी तथा क्रसर उद्योग व्यवसायी सङ्घको केन्द्रीय सह कोषाध्यक्ष तथा धौलागिरि क्रसर व्यवसायी व्यवसायी सङ्घको अध्यक्ष समेत हुन्।
कोभिड १९ को सङ्क्रमणको बेलामा देशका विभिन्न स्थानमा निडर रूपमा उनले गरेको सहयोगको मूल्याङ्कन गर्दै अमेरिकाबाट हिरो अवार्ड समेत प्राप्त गरेका थिए। पछिल्लो समय सामाजिक सञ्जालहरुमा सामाजिकदेखि राजनीतिक नेतृत्वमा पनि हमालको नेतृत्व हुनुपर्ने भन्दै यूवाहरुले विचार राखेका देखिन्छन्। सफल र इमान्दार रहेका कारण उनले थालेका कामले सफलता पाउन सक्ने भन्दै उनको नेतृत्वको आवश्यकता रहेको फेसबुकमा राखेका कमेन्ट तथा स्टाटसहरुमा देख्न सकिन्छ।
रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले नाग्लीवाङमा उपशाखा सुरु भएसँगै जिल्लामा उपशाखाको सङ्ख्या २३ ओटा पुगेको जानकारी दिए। नाग्लीवाङ र आसपासको क्षेत्र प्राकृतिक रूपमा केही टाढा र केही जोखिमयुक्त भएका कारण त्यस क्षेत्रमा हुन सक्ने विपद् र त्यसपछिको उद्धार, पुन स्थापना र राहतमा पनि सहज र छिटो हुने भएकाले उक्त शाखा स्थापना हुनु महत्त्वपूर्ण रहेको बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive