बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा वृक्षारोपण

असार २३, २०७९

असार २३ २०७९
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतको प्राङगण क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
‘राष्ट्र सेवक कमचारी वृक्षारोपण अभियान’ कार्यक्रम अन्तर्गत रहेर एक प्रहरी एक बिरुवाको अवधारणा अनुसार बिभिन्न प्रजातिका १३१ ओटा बिरुवाहरु रोपिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।
पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी सहितको सहभागितामा भएको वृक्षारोपण कार्यक्रममा आँपका ९४ ओटा, कागतीका १५ ओटा, तेजपत्ताका १० ओटा र कटुसका १२ ओटा बिरुवाहरु रोपिएको छ। पर्वत प्रहरीका अनुसार बिभिन्न ठाउँमा रहेका प्रहरी यूनिटहरुमा समेत गरेर सोही अभियान अन्तर्गत जिल्ल्भारमा ६१८ ओटा बिरुवाहरु प्रहरीबाट रोपिएको छ।
जलवायु परिवर्तनको असरलाई कम गर्दै दिगो विकासको लक्ष्यमा राखिएका वातावरण सम्बन्धी उद्धेश्यहरु पूरा गर्नको लागि पनि वृक्षारोपण अनिवार्य रहेको डि.एस.पी बुढाथोकीले बताए। सफा र सुन्दर वातावरण सहित भूक्षय रोक्नका लागि पनि बिरुवाको महत्व रहेकोले हरेक व्यक्तिले बिरुवा रोपेर वातावरणलाई सन्तुलित बनाइराख्न योगदान गर्नुपर्ने उनको भनाई छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive