बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पहिरोका कारण मालढुङ्गा–बेनी सडक अवरुद्ध,

असार २५, २०७९

असार २५ २०७९
पर्वत : वर्षाका कारण सडकमाथिबाट झरेको पहिरोका कारण मालढुङ्गा बेनी सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार कुश्मा नगरपालिका–१ मालढुङ्गा बजारबाट झन्डै ३५ मिटर अगाडि म्याग्दी जाने सडकमा पहिरो खसेपछि शनिवार बिहान पौने ६ बजेबाट सडक अवरुद्ध भएको हो । शुक्रवार साँझदेखि भइरहेको निरन्तरको वर्षाका कारण उक्त स्थानमा पहिरो झर्ने क्रम अहिले पनि रोकिएको छैन ।
‘अघि अघि पनि झर्ने गरेको ठाउँमा नै पहिरो झरेको छ । हलुका हलुका तरिकाले अहिले पनि पहिरो झरिरहेको अवस्था छ। बिहानैदेखि मालढुङ्गाबाट सिधै म्याग्दी जाने यो सडक अवरुद्ध अवस्थामा छ,’ उनले भने, ‘त्यो सडक खण्डमा सडकको स्तरोन्नतिको काम गरिरहेको ठेकेदार कम्पनी सम्पर्कमा नै छ । वर्षा नरोकिएसम्म पहिरो फाल्न नसक्ने अवस्था छ ।’ वर्षा रोकिएपछि माथिबाट झरिरहेको हलुका खालको लेदो रोकिने र त्यसपछि मात्रै सडक सफा गर्न सकिने छ । त्यसका लागि सडकमा काम गरिरहेको निर्माण कम्नीको एक्स्काभेटर तयारी अवस्थामा राखिएको छ ।
पहिरोका कारण म्याग्दीबाट बागलुङ र पर्वत हुँदै बाहिरिन तथा अन्यत्रबाट म्याग्दीका लागि छुटेका सवारीहरू भित्रिनको लागि समस्या नभएको प्रहरी बताउँछ । वैकल्पिक सडकको रूपमा केही लामो पर्ने भए पनि बागलुङ हुँदै म्याग्दी आउजाउ गर्न सकिने भएकाले आकस्मिक अवस्थाका कोही पनि समस्यामा नपर्ने इन्स्पेक्टर अधिकारीले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive