मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

सवारीमा लेखिएका सायरी र झुन्डाइएका झल्लर हटाउँदै कास्की प्रहरी

असार २५, २०७९

असार २५ २०७९
पर्वत : सवारीमा लेखिने सायरी तथा विशेष वाक्यांशहरूले दोहोरो अर्थ दिएर समाजमा विकृति ल्याउने भन्दै ट्राफिक प्रहरीले सवारीमा लेखिएका सायरीहरू हटाउने अभियान चलाइरहेको छ।
सोही अभियान अन्तर्गत शुक्रवार मात्रै दुई सय भन्दा बढी सवारीहरूमा रहेका सायरी, झल्लर, कालो सिसा, प्रचार सामग्रीहरू हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताए। कानुन विपरीत तथा समाजमा विकृति ल्याउने गरी सवारी साधनहरूमा लेखिएका कविता, गजल, सायरी एवं दुई अर्थ लाग्ने भनाइहरूको प्रचार प्रसार सामाग्री लगायत सजावटको लागि क्याबिनमा राखिएका झल्लर एवं प्रयोग गरेका कालो सिसा÷स्टिकरहरू हटाउने अभियानलाई तीव्रता दिइएको उनको भनाई छ।
अभियान अन्तर्गत शुक्रवार मात्रै कालो सिसा रहेका ५० ओटा सवारीहरूलाई नियन्त्रणमा लिएर तुरुन्तै सिसा परिवर्तन गर्न निर्देशन दिइएको छ। यस्तै १० ओटा सवारीहरूलाई नियन्त्रणमा लिएर लेखिएका सायरीहरू हटाइएको छ भने १५० ओटा सवारीलाई नियन्त्रणमा लिएर झल्लरहरू हटाइएको छ। ‘सायरीहरूले डबल मिनिङ दिँदा त्यसले समाजमा विकृति बढाउँछ। गाडीभित्र सजाउनको लागि राखिएका झल्लरहरूले चालकलाई नै अप्ठ्यारो बनाएको हुन्छ। जसका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै रहन्छ,’ इन्स्पेक्टर शाहले भने, ‘हामीले हटाउने होइन की अब सवारीका चालक र सञ्चालकहरू स्वयं नै यसमा सहभागी हुनुभयो भने अभियानले सार्थकता पाउँछ।’
सार्वजनिक तथा निजी सवारी साधनहरूमा कानुन विपरीत लेखिने सायरीहरूले महिला, बालबालिका लगायतका सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने, समाजमा विकृति ल्याउने, मानसिक खलल पु¥याउने, अश्लीलता झल्काउने, अपाच्य गाली दिने लगायतका समस्याहरू आएको उनको भनाई छ।
सायरी, कविता, गजल एवं दुई अर्थ लाग्ने भनाइहरूको प्रचार प्रसार सामाग्रीले गर्दा अन्य सवारी चालकहरूको ध्यान केन्द्रित भई सवारी दुर्घटनाहरू हुने गरेको र कतिपय सवारी चालकको आसपासमा क्याबिन सजावटको लागी राखिएका सामाग्रीहरूले गर्दा अगाडीको बाटो समेत नदेखिने भएकोले दुर्घटना हुने गरेको इन्स्पेक्टर शाहले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive