मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा पर्वतका हमाल र काठमाडौँका श्रेष्ठ निर्विरोध

असार ३२, २०७९
पर्वत : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहवाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकमा पर्वतका विप्लव जंग हमाल र काठमाण्डौँका एन्जल श्रेष्ठ चयन भएका छन्।
संस्थाको प्रवन्धपत्र बमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ। उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहवाट, १ जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहवाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था छ। निर्वाचित सञ्चालकहरुले आँफूमध्येवाट सहमतिमा १ जनालाई अध्यक्ष छनोट गर्ने व्यवस्था रहेको छ। २ जना सञ्चालकको लागि ४ जनाको उम्मेदवारी दर्ता गराएका थिए। अन्य २ जना उम्मेद्वारहरु तनहुँको भिमाद नगरपालिका–२ का तिर्थराज सुवेदी र काठमाण्डौँकी मनिषा प्रधान रहेका थिए।
निर्वाचन कार्यक्रमको अवधिमा सुवेदी र प्रधान मतदानपूर्वको सहमतिका क्रममा उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको लिखित घोषणा गरेपछि हमाल र श्रेष्ठ निर्विरोध घोषणा भएका निर्वाचन अधिकृत विश्वराज पाण्डेले जानकारी दिए।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को तेश्रो वार्षिक साधारण सभा शुक्रवार कुश्मा वजारमा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेको सभापत्विमा सञ्चालित साधारण सभामा संस्थाका प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन प्रस्तुत गर्दै प्रसाईले विद्यमा वित्तीय क्षेत्रमा विद्यमान समस्याको कारण लगानीको लागि पुँजी अभाव हुँदै गएको, विगतको कोभिड महामारीको कारण कारोवारमा परेको असर पुर्ण रुपमा अझै सुधार हुन नसकेको, संस्थाहरु विचको अस्वस्थ प्रतिस्पर्धाको कारण गुणस्तरमा ह्रास आएको वताए। विद्यमान विषम परिस्थितीलाई व्यवस्थापन गरी संस्था अगाडी वढेको र जुनसुकै परिस्थिती आए पनि संस्थालाई सुचारु अगाडी वढाउन सक्ने क्षमता व्यवस्थापनमा रहेको उनको भनाई छ।
प्रतिवेदन प्रस्तुतीकरण पश्चात साधारण शेयरधनि राजन श्रेष्ठले संस्था छिट्टै मर्जर प्रक्रियामा जानुपर्ने सुझाव दिए। सर्वसाधारण शेयरधनि तथा सञ्चालक विप्लव जंग हमालले संस्थाले आर्थिक विकास तथा सर्वसाधारको आर्थिक अवस्था बलियो बनाउन गरिरहेको कामका बारेमा सह्राना गरेका थिए। नेष्डो नेपालका प्रतिनिधि प्रेम प्रसाद पौडेल, सञ्चालक दुर्गा वहादुर शाह, रत्न प्रसाद अधिकारी लगायतले पनि आफ्नो धारण राखेका थिए।
वन्द सत्रमा सञ्चालक समितिवाट प्रस्तुत प्रस्तवाहरु सर्वसम्मतीले पारित भएका छन्। सामान्य प्रस्ताव तर्फ प्रवन्ध सञ्चालकवाट प्रस्तुत वार्षिक प्रतिवेदनलाई सर्वसम्मतीले पारित भएको छ। यसै गरी गत आर्थिक वर्ष २०७७÷७८ को लेखा परिक्षण प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ भने आर्थिक वर्ष २०७८÷७९ को लेखा परिक्षणको लागि चन्द्र वुढा एण्ड कम्पनीलाई छनोट गरी कर सहित ४ लाख पारिश्रमिक स्वीकृत गरिएको छ।
कार्यक्रममा सञ्चालक संस्थाका सञ्चालक रेशम वहादुर खत्रीको स्वागत एवं सर्वसाधारण शेयरधनी सुस्मा प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive