बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

सामाजिक विषय बोलेको तीज गीत ‘बैँस बितारा’ दर्शकको रोजाइमा

तीजका गीत समस्या बोल्ने मात्रै होईन, समस्या नै रोक्ने पनि हुनुपर्छ : पन्त

साउन १, २०७९
पर्वत : तीजका गीतहरु पनि माया प्रेमकै शब्दमा अल्झिएका कारण आजभोली कतिपय कलाकाहरुले तयार पारेका तीजका गीतहरु आलोचित भइरहेका छन्। तीजको मौलिकता हराउँदै गएको र कलाकाहरुका गीतले पनि संरक्षण गर्नुपर्ने ठाउँमा विकृति ल्याएको अरोपहरु छन्।
तीजका गीतले महिलाको बेदनाका कुरा, घरमा पाएका सास्तीका कुरा, श्रीमानले गरेका अत्याचारको कुरा बोलेका हुन्छन्। सामान्यतः समाजलाई सचेत गराउने गरी कमै मात्रै तिजी गीतहरु तयार गरिएको पाइन्छ। यही भिडमा नेपाली लोकगीत र सुगम सङ्गीत दुवैतर्फका सर्जक तथा गायक कस्तुप पन्तले भने रमाईलोलाई बचाउँदै झ्याउरे भाकाको चेतनामूलक गीत ‘बैँस बितारा’ ल्याएका छन्।
दैनिक एक लाख भन्दा धेरैको दरमा दर्शकहरुले युटुवमा हेरिरहेको गीतले नेपालको कानुनले २० वर्षपछि मात्रै छोरीको बिबाह गर्ने कुरालाई मान्नुपर्ने र त्यो भन्दा छिटो उमेरमा बिबाह गर्न नहुने कथा बोकेको छ। कानुनले बर्जित गरेको कुरालाई नागरिकले पनि बर्जित गर्नुपर्ने र सानो उमेरमा छोरीको बिबाह नगरी उनीहरुको शिक्षामा जोड दिइनुपर्ने भनिएको छ।
तीजका गीतमा रमाईलो मात्रै नभई सकारात्मक सन्देश फैलाउने पनि भएमा त्यसले समाजको परिवर्तन र विकृतिहरु हटाउनको लागि सहयोग पुग्ने भएकाले आफूले तीजको रमाइलो लय र संगीतको साथमा चेतनामूलक शब्दहरु गीतमा राखेको कलाकार पन्त बताउँछन्। ‘गीत भनेको धेरैले सुन्ने कुरा हो। कसैलाई मुखले सानो उमेरमा बिबाह गर्नु हुँदैन है भनेर कुरा सुनाएको भन्दा कलाका माध्यमबाट त्यही कुरा भनियो त्यो कुरा मानसपटलमा बसेको हुन्छ,’ उनले भने, ‘गीतमा श्रीमानले मदिरा पिएका कुरा, सासुले हेपेका मात्रै होईन। सानै उमेरमा बिबाह गर्दा एउटी चेलीको मानसिक र शारीरिक अवस्था के बन्ला? भन्ने कुरा पनि गीतले बोकेको छ।’ तीजका गीतले भोगीरहेका समस्याहरु बोल्ने मात्रै नभई चेतनाका माध्यमबाट समस्या नै आउन नदिने गराउन पनि प्रयास गर्नुपर्ने कलाकार पन्त बताउँछन्।


पन्तले भनेको जस्तै प्रेमको रुपमा २० वर्ष भन्दा तलको उमेरमा फकाउनेहरु, मायाको प्रपञ्च गर्नेहरु जो जो भेटीए पनि चल्तीमा रहेको किंवदन्ती अनुसार पनि ‘जोगाउनुपर्ने अस्मिता जोगाउनुपर्ने’ भनिएको छ। सानो उमेरमा गरिएको बिबाहका कारण धेरै चेलीहरुले विभिन्न दुःखको सामना गरिरहेका उदाहरण यही समाजमा रहेकाले गीतले तीजको गीत भावनामा रहेर त्यसमा पनि चेतना फैलाउन प्रयास गरेको कलाकार पन्त बताउँछन्।
फरक कथा, झ्याउरे भाकाको झमझी नाच्न मिल्ने लय सुन्दा सुन्दै शरीर हाल्लाउन (थाहै नपाई संगीतमा डुबेर शरीर वा कुनै अङ्ग हल्लाउनु) बाध्य पार्ने गीत भएकाले गीतले यूटूवमा पनि अन्य गीतहरुलाई पछाडि पार्दै गएको छ। गण्डकी र धौलागिरी क्षेत्रमा बढी जनजीब्रोमा भुन्डिने शैलीको अनि गीतमा रहेको बलियो सामाजिक सन्देशका कारण सञ्चार माध्यमहरुले पनि ‘बैँस बितारा’ लाई राम्रो ठाउँ दिइरहेका छन्।
कलाकार पन्त र शान्ति श्री परियारको आवाजमा रहेको गीतको लय शब्द पनि पन्तले नै तयार पारेका हुन्। गीतको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले, नृत्य निर्देशन माधव श्रेष्ठले, छायांकन सुरेस श्रेष्ठले र सम्पादन शिव पौडेलले गरेका छन्। गीतमा दिलिप ओखेडा र अस्मिता रनपालको अभिनय रहेको छ। उनीहरुलाई मन फुकाएर नचाएका छन नृत्य निर्देशक माधव श्रेष्ठले।
हेर्नुहोस भिडियो :

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive