साउन ३, २०७९
पर्वत : जीवन बिमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एल.आई.सी) मा आवद्ध रहेका पर्वतका गोविन्द अधिकारीले लगातार तेस्रो बर्ष पनि ‘चेयरमेन क्लब’ को उपाधि हात पारेका छन्।
बिगतमा ‘एम.डी.आर.टी’ उपाधि समेत हात पारेका अधिकारीले ‘बिमा पोलेसी’ मा गरिरहेको निरन्तरको चढावका कारण उनी तेस्रो वर्षमा पनि ‘चेयरमेन क्लब’ मा रहन सफल भएका हुन। कतिपय नागरिकले बिमा गर्न नै अविश्वास गर्ने तथा कतिपयलरे गरिसकेका हुने कारण अभिकर्ताहरुले बिमा गर्न इच्छुक व्यक्तिहरु नै नभेट्टाउने गरेको अवस्थामा पनि उनले धौलागिरी क्षेत्रमा नै ‘बिमा पोलिसी’ मा सर्वोत्कृष्टता हासिल गरेका हन्।
एल.आई.सी. नेपालको शाखा कार्यालय कुश्मा बजारमा चार वर्ष अगाडि स्थापना भएको थियो। स्थापना कालिन अवस्थामाबाट नै उत्कृष्ट अभिकर्ताको रुपमा काम गर्दै आएका उनले बिमा कम्पनीहरुको प्रतिस्पर्धी बजारमा लगातार उपाधि चुम्न सफल भएका हुन्। बिमाको बारमो कुरा बुझाउन सकेमा नागरिकलाई यसमा आवद्ध गराउन असहज नरहेका कारण आफूले बिमाबाटै लगातार सफलता पाइरहेको कम्पनीका एजेन्सी म्यानेजर समेत रहेका अधिकारीको भनाई छ।
‘कति अभिकर्ता साथीहरु बिमा गर्नका लागि साथीहरु तयार नै हुनुभएन। कतिपयले बिमा गरिसक्नुभएको बताउनुहुन्छ। तर हामीले अझै पनि बिमाको आवश्यकताको बारेमा कुरा बुझाउन सकिएको छैन जस्तो लाग्छ,’ उनले भने, ‘मान्छेको मृत्यू भएपछि पैसा बुझ्ने माध्यमको रुपमा बिमालाई लिने गरिएको छ। तर त्यो होईन बिमा भनेको जीवनको जोखिम बहन हो भन्ने कुरा बुझेपछि मान्छेले बिमा नगर्ने भन्ने कुरा हुँदैन्।’
२०७२ सालबाट बिमा कम्पनीमा प्रवेश गरेका अधिकारी अहिले पनि उत्तिकै चर्चामा छन्। त्यो बेलामा एजेन्ट, २०७३ मा एजेन्सी म्यानेजर हुँदै इक्लब, चेयरमेन क्लब हुँदै उनी यहाँसम्म आइपुगेका हुन्। पेसाले पत्रकार समेत रहेका उनी बिमा कम्पनीको तालिम लिएपछि यसको प्रभावकारिताबारेमा थाहा पाएर आफू प्रात्साहित भएको बताउँछन्। पोखराका पत्रकार तथा अभिनेता नबीन घायलबाट यसबारेको जानकारी लिएपछि आफूले लगातार सफलता पाइरहेको उनको भनाई छ। २०७२ सालमा गएको भूकम्पका कारण तथा कोभिड १९ सङक्रमणका कारण भएको मानवीय क्षतिका कारण पनि धेरै व्यक्तिहरु बिमा गर्न इच्छुक रहेको उनले बताए। व्यावसायिक सफलताकै कारण एल.आई.ले देशका शहरहरु पोखरा, काठमाण्डौँ, बुटवल, पाल्पा, नेपालगञ्ज, सुर्खेत, बिराटनगर, पर्वत, बागलुङ, स्याङ्जा लगायतका ठाउँमा कम्पनीले आयोजना गरेका कार्यक्रहरुमा सम्मानित हुँदै आएका छन्।
अधिकारी हाल पर्वतमा सक्रिय रहेका लाईफ तथा नन लाइफ कम्पनीहरु सहभागी रहेको छाता सङ्गठन बिमा अभिकर्ता संघ पर्वतका अध्यक्ष सकेत रहेका छन्।
आइतवार, अशोज २०, २०८१
Sunday, October 6, 2024