शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

पर्वत : दुई जनामा डेंगुको सङ्क्रमण पुष्टि

साउन ५, २०७९

पर्वत : उपचारको लागि पर्वत अस्पतालमा आएका दुई जनामा डेंगुको सङ्क्रमण रहेको पुष्टि भएको छ।

पर्वतका अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेंगुको सङ्क्रमण रहेको मङ्गलवार पुष्टि भएको हो। उनीहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामीहरू हुन्।

घरमा रहेको बसिरहेको अवस्थामा लगातार ५÷७ दिनसम्म ज्वरो आएपछि उपचारको लागि आएका उनीहरूमा सङ्क्रमणको शङ्कामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेंगु रहेको पुष्टि भएको हो। उनीहरू दुवै जनाको उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए।

स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट दुई जनामा सङ्क्रमण पुष्टि भएको बताउँदै गत वर्ष कसैमा पनि पुष्टि नभएको तर त्यसअघि भने सङ्क्रमण देखिएको बताए। सङ्क्रमण देखिनुको अर्थ सबै जना सचेत हुनुपर्ने सूचना मिलेको बताउँदै उनले लामखुट्टेको टोकाइबाट बच्नका लागि सुझाए।

बागलुङ जिल्लाको तुलनामा पर्वतमा डर मान्नुपर्ने अवस्था रहेको र यो अवस्था सामान्य जोखिमको रहेको पौडेलको भनाई छ। ‘यसलाई नन इन्डामिक भन्छौँ हामी। बागलुङको मौसमी अवस्था, शहरीकरण र जनसङ्ख्या पर्वतको भन्दा जोखिमयुक्त रहेको छ। तर पर्वतमा नहुने भन्ने होइन, दुई जनामा देखिनुको अर्थ सुरक्षित रहने भन्ने हो,’ उनले भने, ‘सङ्क्रमित व्यक्तिको सम्पर्क जाँदा यो सर्दैन तर सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा सर्छ। सङ्लो र सफा पानीमा यसको कीटाणुहरू फैलिन्छ, सफा पानीमा मात्रै ब्रिडिङ गर्छ, यसको सतर्कताको लागि सफा पानी जमेको ठाउँका खाल्डाखुल्डी पुर्ने, टायरमा वा अन्य भाँडामा जमेको पानीहरू फाल्ने गर्नुपर्छ।’

डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भएकाले सुत्ने बेलामा झुल टाँगेर सुत्ने, लामखुट्टेले टोक्न नसक्ने गरी शरीर ढाक्ने खालका कपडाहरू लगाउने लगायतका पूर्व सावधानी अपनाउनुपर्ने पौडेलको भनाई छ।

यसको महामारी आएको बेलामा हप्ताको एक पटक जम्मा गरेर राखेको पानी घोप्ट्याउने अभियान नै चलाउनुपर्ने र अहिले सुरुवाती अवस्थामा गमला वा गाग्रीमा राखिएको पानी छोपेको हुनुपर्ने, घर वरपरका पानी जम्मा हुने खाडलहरू पुर्ने लगायतका सतर्कता अपनाउन उनको सुझाव छ।

थाहाखबरबाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive