शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

पर्वतमा करिब १० हजार सवारी परे कारबाहीमा, ६२ लाख राजश्व संकलन

साउन ५, २०७९

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आव ०७८/७९ मा ट्राफिक नियम उल्लंघन गरेका सवारीहरूलाई गरेको कारबाहीबाट ६२ लाख रूपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार गत वर्षको साउनदेखि गत असारसम्म गरिएका ९ हजार ९ सय कारबाहीबाट ६२ लाख ५४ हजार ५ सय रूपैयाँ संकलन भएको हो।

सबैभन्दा बढी गत वैशाखमा १ हजार ३५० सवारीमा गरिएको कारबाहीबाट ८ लाख ७१ हजार रूपैयाँ संकलन भएको छ। सबैभन्दा थोरै गत भदौमा ३५० सवारीलाई गरिएको कारबाहीबाट २ लाख २२ हजार ५ सय रूपैयाँ संकलन भएको छ।

२०७८ सालको साउनमा ६५० सवारीबाट ४ लाख २९ हजार ५ सय, असोजमा ४५० सवारीबाट २ लाख ७० हजार ५ सय, कात्तिकमा ६५० सवारीबाट ३ लाख ८० हजार, मङ्सिरमा ७०० सवारीबाट ४ लाख २ हजार, पुसमा ८०० सवारीबाट ४ लाख ८५ हजार ५ सय, माघमा ८०० सवारीबाट ५ लाख ६ हजार, फागुनमा ९५० सवारीबाट ६ लाख १२ हजार ५ सय र चैतमा १ हजार सवारीबाट ६ लाख ३५ हजार ५ सय रूपैयाँ राजश्व उठेको छ।

२०७९ जेठमा १ हजार २ सय सवारीबाट ८ लाख ३ हजार ५ सय र असारमा १ हजार सवारीबाट ६ लाख ३६ हजार रूपैयाँ संकलन भएको छ।

सवारीअनुसारको कारबाहीमा सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्नेमा कार तथा जिपहरू देखिएका छन्। तथ्यांकअनुसार गत वर्ष साउनदेखि यो वर्षको असारसम्म क्रमशः २८२, १३९, १७५, २६९, ३०१, २९७, ३१५, ३६२, ३४०, ४६१, ५६२ र ३८० ओटा गरी कुल ३ हजार ८८३ ओटा कार तथा जिप कारबाहीमा परेका छन्।

ती सवारीबाट २३ लाख ६१ हजार ५ सय रूपैयाँ राजश्व उठेको छ। सबैभन्दा थोरै कारबाहीमा पर्नेमा ९ सय ४६ ओटा बस रहेका छन् भने तिनीहरूबाट ५ लाख ५९ हजार ५ सय रूपैयाँ संकलन भएको छ।

एक वर्षमा २ हजार ९९ ट्रक तथा टिपरबाट १३ लाख ५१ हजार, १ हजार ११ ओटा ट्रयाक्टरबाट ६ लाख ११ हजार र १ हजार ९ सय ६१ मोटरसाइकल तथा स्कुटरबाट १३ लाख ७१ हजार ५ सय रूपैयाँ कारबाहीस्वरूप आएको छ।

मापसे कारबाहीबाट उठ्यो ७५ हजार

ट्राफिक प्रहरी हवल्दार बैकुण्ठ पौडेलका अनुसार एक वर्षमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएकालाई कारबाही गर्दा ७५ हजार रूपैयाँ उठेको छ। मापसे गरी सवारी चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन्।

साउन र भदौमा २/२, असोज र कात्तिकमा ३/३, मङ्सिरमा १, पुसमा ७, माघमा ४, फागुनमा ५, चैतमा १७, वैशाखमा १९, जेठमा ३ र असारमा ९ जना गरी ३९ जना मोटरसाइकल चालक कारबाहीमा परेका छन्।

उक्त अवधिमा ८ जना ट्रक तथा ट्यांकरचालक, ३ जना बसचालक, १७ जना कार तथा जिपका चालक र ८ जना ट्रयाक्टरचालकलाई कारबाही गरिएको छ।

मापसे गरेर सवारी चलाएको पाएमा एक पटकमा १ हजार रूपैयाँ कारबाहीस्वरूप तिराउने भएका कारण ७५ जनालाई गरेको कारबाहीबाट ७५ हजार रूपैयाँ नै संकलन भएको हो।

थाहाखबर बाट लिइएको सामग्री ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive