शनि, असार ७, २०८२
Sat, June 21, 2025

म्याग्दीमा पहिरोले पुरिएर दुईजनाको मृत्यु, तीन बेपत्ता

साउन १७, २०७९

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा गयराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना बेपत्ता भएका छन्।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता भएको भारतीको भनाइ छ।  स्थानीयबासीहरुले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी भइरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए।

इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल तर्फ हिँडिसकेको प्रनाउ भारतीले जानकारी दिए। उनका अनुसार पहिरोले दुईवटा घर र एक गोठ पनि पुरेको र दुईजना घाइते भएको छ।

थाहा खबरबाट साभार गरिएको

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive