मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

पत्रकारलाई सामाजिक सञ्जालमार्फत बदनाम गर्न खोजेको भन्दै कारबाहीको माग

साउन १७, २०७९

साउन १७, २०७९
पर्वत : नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले सामाजिक सञ्जालमा पत्रकार र पत्रकारिताको बदनाम गर्ने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेकाहरूलाई कारबाहीको माग गरेको छ।
पछिल्लो समय पर्वतको सिङ्गो सञ्चार माध्यमको गरिमा र पत्रकारहरूको व्यक्तिगत आत्मसम्मानमा आँच आउने गरी केही व्यक्तिहरूबाट सामाजिक सञ्जालमा अभिव्यक्त विचारहरूप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको बताउँदै राज्यको चौथो अङ्ग मानिएको सञ्चार जगतको गरिमालाई बदनाम गर्न जो कोहीलाई पनि कानुनी तरिकाले उपचार गर्न सम्बन्धित निकायमा माग गरिएको छ।
‘सञ्चारकर्मीको लेखकीय क्षमतालाई थप प्रोत्साहन गर्नु पर्नेमा उल्टै अनर्गल टिप्पणी गरेर जनतामा भ्रम सिर्जना गर्ने र पत्रकारिताको विश्वसनीयतामाथि हिलो छ्याप्ने प्रवृत्ति विरुद्ध सबै सजक र सतर्क हुनुपर्ने वेला आएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘पर्वतको पत्रकारिता र यहाँ कार्यरत सञ्चारकर्मीहरूले निर्वाह गरेको पेसागत धर्म र कर्मका प्रति नेपाल पत्रकार महासङ्घ पूर्ण विश्वस्त छ। फेरि पनि कहीँ कतैबाट पेसागत मर्यादा विपरीत कुनै काम कारबाही गरेको सबुत प्रमाण यदि कोही कसैसँग छ भने हामी खुलेर बहस गर्न तयार छौँ।’
आफ्नो स्वार्थ मिले मिलेर खाने, स्वार्थ नमिले बार्गेनिङ गरेर खाने र त्यो पनि नभए पत्रकारको काँधबाट बन्दुक चलाएर खाने अवसरवादी प्रवृत्तिविरुद्ध आफूहरू पूर्ण रूपमा सचेत रहेको महासङ्घ पर्वत शाखाले उल्लेख गरेको छ। गलत नियत राखेर सामाजिक सञ्जालबाट गरिने कुनै पनि कुराले न्याय निरूपण गर्न नसक्ने भएकाले पत्रकारिताबाट गल्ती वा कमजोरी भएको प्रमाण भए कानुनी कारबाहीको प्रक्रियामा न्यायिक निकायमा जानका लागि समेत शाखाले अनुरोध गरेको छ।
सामाजिक सञ्जालमा भइरहेका टिप्पणीहरूलाई राज्यका न्यायिक निकायले सूक्ष्म तवरबाट अनुसन्धान गर्न पनि विज्ञप्तिमार्फत नै अनुरोध गरिएको छ। परिवर्तनका हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको नेपाली प्रेस जगतलाई राज्यले हेर्ने दृष्टिकोण अझै पनि उस्तै रहेको र विभिन्न बहानामा व्यक्ति, समुदाय र क्षेत्रबाट मात्रै नभई स्वयं राज्य पक्षबाट समेत नेपाली प्रेस उपेक्षित बनिरहेको विज्ञप्तिमा उल्लेख छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive