बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

बिहादी गाउँपालिकामा फेरि भेटौँला कार्यक्रम

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले फेरि भेटौँला कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुब दयाल र प्रभु बैंक लिमिटेड बिहादी शाखाका प्रबन्धक सन्तोष कुमार पौडेललाई बिदाई गरेको छ ।
कार्यक्रममा बोल्दै सरुवा भएर जान लागेका प्रमुख प्रशासकीय अधिकृत दयालले आफूले सकेसम्म निती र प्रक्रियामा रहेर काम गरेको बताउँदै सेवाग्राहीलाई सहज हुने तरिकाले सेवा प्रवाहको प्रयास गरेको बताए । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सकेमा मात्रै जनताले परिवर्तनको महसुस गर्ने भएकाले आफू प्रभावकारी प्रशासनको पक्षमा रहेको उनले बताए । आफू बिहादीमा रहँदा सिकेको र भोगेको अनुभवले सकारात्मक सन्देश दिएको पनि दयालको भनाई थियो ।
यस्तै प्रभु बैक बिहादी शाखाका प्रबन्धक सन्तोष कुमार पौडेलले आफु बिहादी शाखामा रहुन्जेल नागरिकमैत्री सेवाका लागि हरदम खटेको र त्यहाँका नागरिकले पनि आफूलाई सघाएकोमा खुसी व्यक्त गरे । ग्रामिण क्षेत्रहरुमा बैंकिङ सेवा विस्तार नभइसकेको अवस्थामा बिहादीमा रहेको प्रभु बैंकको शाखाबाट नागरिकलाई सहज बनाउन पाउनु खुसीको कुरा भएको उनको भनाई थियो ।
उनीहरु दुवै जनालाई शुभकामना व्यक्त गर्दै बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले नीति र बिधिमा रहेर काम गर्ने कुसल प्रशासक दयाल र बैंकका शाखा प्रबन्धक पौडेललाई बिहादीबाट बिदाई गर्नुपर्दा आफू दुःखी रहेको बताए । दसवै जनाको प्रभावकारी कामका कारण नागरिकले सास्ती पाउन नपरहेको बताउँदै आफूमा रहेको प्रशासकीय कौशलतालाई प्रयोग गर्दै नागरिकको सेवामा समर्पित गरिरहन अनुरोध गरे । गुरुङले आगामी दिनका लागि उज्ज्वल भबिस्यका साथ सफल कार्यकालको लागी शुभकामनाका पनि व्यक्त गरे ।
फेरि भेटौँला कार्यक्रममा अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्ब्य गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तवारीले राखेकी थिईन । सो अवसरमा बोल्दै उनले कर्मचारीतन्त्रको असल अभ्यासले नै नागरिकले सहज तरिकाले सेवा पाउने र त्यसका लागि प्रमुख प्रशासकीय अधिकृत दयालले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive