मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

घरेलु तथा साना उद्योग कार्यालय पर्वतले निशुल्क तालिम दिँदै

साउन २६, २०७९

पर्वत : घरेलु तथा साना उद्योग कार्यालय पर्वतले जिल्लाका ८० जना नागरिकलाई विभिन्न तीन प्रकारको तालिम निःशुल्क रुपमा दिने भएको छ।
कार्यालय प्रमुख मुना अधिकारीका अनुसार चालु आर्थिक वर्षको २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सीप हासिल गरी उद्यम व्यवसाय सञ्चालन र प्रवद्र्धन गर्न चाहने व्यक्तिहरुका लागि रोजगारी सिर्जना गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले भदौ ६ गतेसम्म कार्यालयसम्म आफूले लिन चहाएको तालिमको विषयबस्तु उल्लेख गरी आवेदन फाराम भरेर पेश गर्न भनिएको छ।
कार्यालयले आधारभूत ब्युटी पार्लर तालिम लागि १५ जनालाई तालिम दिन लागिएको बताएको छ। तीन महिनासम्म उक्त तालिमको लागि ८ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने भनिएको छ। यस्तै एडभान्स होजीयारी बुनाई तालिम १५ जनालाई दिन लागिएको छ। २ महिना चल्ने तालिमको लागि होजीयारीको आधारभूत तालिम लिइसकेको हुनुपर्ने भनिएको छ। उद्यमशिलता विकास तालिम ५० जनाका लागि दिइने र उक्त तालिम १० दिनसम्म चल्ने तथा त्यसका लागि ८ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने शर्त राखिएको छ।
आधारभूत ब्युटी पार्लर तालिम घरेलु तथा साना उद्योग कार्यालय पर्वतको हलमा, एडभान्स होजीयारी बुनाई तालिम मोदी गाउँपालिका–५ को कार्यालयमा तथा उद्यमशिलता विकास तालिम आवेदनबाट छनोट भएका सहभागिताहरुको पायक पर्ने स्थानमा तीन समूह बनाएर सञ्चालन हुने भनिएको छ।
एडभान्स होजीयारी बुनाई तालिमको फाराम मोदी गाउँपालिका–५ को कार्यालयबाट तथा अन्य दुई तालिमको आवेदन फाराम घरेलु तथा साना उद्योग कार्यालय पर्वतबाट वितरण गर्ने कार्यालय प्रमुख अधिकारीको भनाई छ।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive