बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

नारायण मा.वि.मा अभिभावक शिक्षा विषेश कार्यक्रम सम्पन्न

पर्वत : अभिभावकहरुलाई बालबालिकाको विकासप्रति थप सचेत गराउन पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।
बालबालिकाहरुको आधारभूत समय तथा अधिकांश समय घरमा बित्ने र समय विकासका दृष्टिकोणले महत्वपूर्ण हुने भएकाले कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो। वालवालिकाहरूको शारीरिक, सामाजिक, संवेगात्मक संज्ञानात्मक आदि पक्षहरूको विकास उनीहरूको अभिभावकहरूमा धेरै हदसम्म निर्भर गर्ने भएकाले अभिभावकहरुको लागि कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पोखरेलले बताए।
‘अभिभावकहरूले आफ्ना बच्चाहरूको चौतर्फी विकासप्रतिको सचेतता उनीहरूले बच्चाहरूलाई दिनसक्ने समय, शिक्षा, आर्थिक अवस्था, सामाजिक संस्कार आदिले पनि बच्चाहरूको चौतर्फी विकासलाई निर्धारण गर्दछ,’ उनले भने, ‘आमा नै बालबालिकाका प्रारम्भिक गुरु हुन्। बालबालिकाको चौतर्फी विकास अभिभावकमा निर्भर गर्छ। आमाबाबुहरू अशिक्षित हुनु, खेतीपाती र घरायसी काममा व्यस्त हुनु एउटै परिवारमा धेरै केटाकेटीहरू हुनु छोराको तुलनामा छोरीको वास्ता कम गर्ने संस्कार हुनु, कमजोर आर्थिक अवस्था हुनु आदि जस्ता कारणहरूले गर्दा बालबालिकाहरूको चौतर्फी विकासमा अभिभावकहरूले ध्यान दिन नसकिरहेको हाम्रो देशको परिवेश छ।’
कार्यक्रममा सहजीकरण समेत गरेका प्रधानाध्यापक पोखरेलले आमाबाबुको अनभिज्ञता र व्यस्तताले बच्चाहरूको भावी जीवनमा समेत निश्चित रूपमा नकारात्मक असर पार्ने भएकोले अभिभावकलाई बच्चाहरूका विभिन्न पक्षहरूको विकासको महत्त्वप्रति संचेत तुल्याउनु आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त बहादुर सि.के.ले अभिभावकहरूले आफ्ना बच्चाहरूको चौतर्फी विकासप्रतिको सचेत हुँदै बच्चाहरूलाई दिनसक्ने समय, शिक्षा, आर्थिक अवस्था, सामाजिक संस्कार आदिले पनि बच्चाहरूको चौतर्फी विकासलाई निर्धारणको बारेमा जानकार रहनुपर्ने सुझाए। पछिल्लो समयमा सामाजिक सञ्जाल तथा मोबाईल फोनको अधिकतम प्रयोगका कारण बालबालिका तथा नागरिकहरुमा परिरहेको असरका बारेमा सचेत रहनुपर्ने उनको भनाई छ। राज्यका नियामक निकायले यसको बारेमा ध्यान दिनुपर्ने भए पनि त्यसो नभएको भन्दै उनले दुःख व्यक्त गरे। बच्चाहरुको चौतर्फी विकासको निर्णायक भूमिका खेल्ने व्यक्तिहरू भनेको अभिभावक नै हुने भएकाले अभिभावकहरु आफ्ना बालबालिकाहरुप्रति बढी सचेत हुनुपर्ने अध्यक्ष सि.के.को भनाई छ।

यस्तै विद्याल व्यवस्थापन समितिका सदस्य कमलनाथ पोखरेलले मानव जीवनका विभिन्न अवस्थाहरूमध्ये बाल्यवस्था महत्त्वपूर्ण अवस्था भएको बताउँदै सामाजिक, संवेगात्मक, संज्ञानात्मक आदि पक्षहरूको विकासको दृष्टिकोणले पनि त्यो उमेर समूह जीवनको आधारमा रहेको उल्लेख गरे। अभिभावकहरुले बालबालिकाहरूको चौतर्फी विकासका लागि विशेष ध्यान दिँदै शारीरिक, सामाजिक, संवेगात्मक संज्ञानात्मक आदि पक्षहरूको विकास उनीहरूको अभिभावकहरूमा धेरै हदसम्म निर्भर रहने उनको भनाई छ।

 

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive