बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

मल्लाजको बर्थिङ सेण्टरमा स्वास्थ्य सामग्री सहयोग

भदौ ११, २०७९

पर्वत : सुत्केरी हुनका लागि बजारमा रहेका स्वास्थ्य संस्थाको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न जिल्लाको जलजला गाउँपालिकामा रहेको एक स्वास्थ्य संस्थालाई ‘बर्थिङ’ सम्बन्धि सामग्रीहरु हस्तान्तरण गरिएको छ।
जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार ‘वन हर्ट, वन वल्र्ड’ संस्था र जलजला गाउँपालिकाको आर्थिक साझेदारीमा सञ्चालन भइरहेका विभिन्न परियोजना अन्तर्गत मल्लाजमा रहेको मल्लाज स्वास्थ्य चौकीलाई तीन लाख २२ हजार मूल्य बराबरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो। स्वास्थ्य चौकीमा रहेको ‘बर्थिङ सेन्टर’ लाई अझै प्रभावकारी रुपमा सञ्चालन गरी ‘होम डेलीभरी’ लाई शून्यमा झार्न सहयोग पु¥याउने उद्धेश्यले गाउँपालिका र संस्थाको सहयोगमा ती सामग्रीहरु स्वास्थ्य चौकीलाई दिइएको अध्यक्ष आचार्य बताउँछन्। सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य सहित स्थानिय जनप्रतिनिधि र समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले ‘वन हर्ट, वन वल्र्ड’ संस्थाले स्वास्थ्यको क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै हस्तान्तरण गरिएका सामाग्रीले स्थानीय बासिन्दालाइ ठूलो सहयोग मिल्न बताए। स्वास्थ्य सेवामा नागरिकको प्रत्यक्ष पहुँच बनाउने गरी गाउँपालिकाले काम गरिरहेको भन्दै उनले भाद्र १५ गते देखि सन्चालन हुने गरि यस स्वास्थ चौकिमा निशुल्क ल्याब परिक्षण व्यवस्था मिलाउन लागिएको बताए। त्यसका लागि स्वास्थ चौकी प्रमुखलाई आवश्यक तयारी गर्न पनि उनले निर्देशन दिएका छन्। ल्याब सञ्चालक गर्नको लागि आवश्यक सहयोग गाउँपालिकाले गर्ने छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive