बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

पहिरो हटाएपछि पुनः सञ्चालनमा आयो पोखरा बागलुङ सडक

भदौ १५, २०७९

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतमा पर्ने पोखरा–बागलुङ सडक खण्डका तीन ठाउँमा भएको सडक अवरोध हटाइएपछि सवारीहरू पूर्ववत् रूपमा सञ्चालनमा आएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक ताराप्रकाश खत्रीका अनुसार कुश्मा नगरपालिका–८ तमादी खोला, दोबिल्ला र मोदी गाउँपालिका–५ बाजुङको भ्याप्ले खोला नजिकै सडक अवरुद्ध भएको थियो।

भ्याप्ले खोला नजिकै सडकमाथिबाट मङ्गलवार साँझ करिब सात बजेको समयमा खसेको गेगरसहितको पहिरोले सडक पुरिएको थियो। मध्यपहाडी लोकमार्गको जेसिबी प्रयोग गरेर भ्याप्लेको पहिरो पन्छाएपछि बुधवार दिउँसोदेखि सडक पुनः सञ्चालनमा आएको हो।

अविरल वर्षाको कारण दोबिल्ला र तमादी खोलामा आएको लेदो र गेगर सहितको बाढीले बुधवार बिहानैदेखि सडक अवरुद्ध बनेको थियो। ट्राफिक प्रहरी, जनप्रतिनिधि र सडक निर्माणको काम गरेको मध्यपहाडी लोकमार्ग आयोजनाको सक्रियतामा बिहानैबाट लेदो पन्छाउने काम थालिएपछि दुवै खोलामा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको हो।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन अम्बोट र पातीचौरमा रोकिएर बसेका थिए। पहिरो र खोलामा आएको लेदो पन्छाएसँगै मङ्गलवारदेखि जाममा परेका सवारी साधनहरू गन्तव्यमा लागेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive