बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

शिक्षकमाथि आक्रमण भएको भन्दै शिक्षक संघ पर्वतद्धारा दोषीलाई कारबाहीको माग

पर्वत : नेपाल शिक्षक संघ पर्वतले सूर्य माध्यामिक विद्यालय होश्राङ्दीका प्रधानाध्यापक केशवप्रसाद भण्डारीमाथि आक्रमण भएको भन्दै त्यसको भत्र्सना गरेको छ ।
प्रधानाध्यापक भण्डारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गरी जघन्य आक्रमण गरिएको तथा सोही विद्यालयमा आवासिय रुपमा बस्दै आएका शिक्षकहरुलाई गत भदौ १२ गते विद्यालय समयमा नै गाली गलौज, धाक धम्की र धरपकड पारिएको भन्दै संघले विज्ञप्ती निकालेर उक्त कार्यको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न संघले सम्बन्धित पक्षमा अनुरोध गरेको छ । नेपाल शिक्षक संघ पर्वतका सचिव यज्ञनाथ वास्तोलाद्धारा जारी गरिएको विज्ञप्तिमा शान्तिपूर्ण रुपमा बाँच्न पाउने र निर्भय ढङ्गले आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्न पाउने संबिधान प्रदत्त र नैसर्गिक हक अधिकारको प्रतिकूल हुने गरी शिक्षकहरुमाथि आक्रमण तथा गाली गलौज गरेको उल्लेख गरिएको छ । उक्त घट्नामा रामप्रसाद काफ्ले लगायतका व्यक्तिहरुको संलग्नता रहेको र उनीहरुमाथि छानबिन गरी कानुन बमोजिम कडा कारबाही गरी पिडितले न्याय पाउने अवसर जुटाईदिन माग गरिएको छ ।
दोषीमाथि कारबाही नभएमा नेपाल शिक्षक संघ पर्वत थप शसक्त आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि विज्ञप्तीमार्फत दिइएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive