बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

चितवन फूटबलका हरेक म्यान अफ दी म्याचलाई एनआरएनए नन रेसिडेन्ड नेपालीले पुरस्कार दिने

भदौ १४, २०७९

पर्वत : यही भदौ १५ गतेबाट चितवनमा हुन लागेको जिल्ला स्तरीय फूटबल प्रतियोगिताका हरेक म्याचमा म्यान आफ दी म्याच घोषित हुने खेलाडीले एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनको तर्फबाट पुरस्कार पाउने भएका छन्।
स्टार्स स्पोर्टस क्लब माडी–१ बरुवाको आयोजनामा हुन लागेको प्रतिगोगितामा हुने हरेक खेलका म्यान आफ दी म्याचलाई आफूहरुको तर्फबाट पुरस्कार सौजन्य गर्ने निर्णय भएको एशोसिएसनका अध्यक्ष माधब मरासिनीले बताए। त्यसका लागि राष्ट्रिय आधारभूत बिद्यालय रतनी धोबाहका प्रधानाध्यापक बिरेन्द्र महतोलाई संयोजनकको जिम्मेवारी तोकिएको छ।
एशोसिएनले खेल सहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ। शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive