बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

सकियो विद्यालय कर्मचारी परिषद् र शिक्षा मन्त्रालयबीचको वार्ता

भदौ १५, २०७९

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता सकिएको छ ।

विभिन्न माग राखेर आन्दोलन गरिरहेको विद्यालय कर्मचारी परिषद् र मन्त्रालयबीच आज बुधबार शिक्षा मन्त्रालयमै वार्ता भएको हो । आन्दोलनरत पक्ष र मन्त्रालयबीच करिब साढे ३ घन्टा मागबारे छलफल भएको थियो ।

आन्दोलन परिचालन समितिका संयोजक बब्बन कुमार मिश्रले उठाएका सबै माग पूरा हुनु पर्नेमा आफूहरूले अडान राखेको जानकारी दिए ।

मिश्रले दिएको जानकारी अनुसार शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीले उठाएको मागका बारेमा अर्थ मन्त्रालयसँग पनि छलफल गरेर परिषद्लाई पुनः वार्तामा बोलाउने छ ।

शिक्षा मन्त्रालयले पुनः वार्तामा कहिले बोलाउँछ त्यसबारे जानकारी नभएको मिश्रको भनाइ छ ।

शिक्षा ऐन २०२८ को संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४ हजार ७३० मासिक तलब र दुई हजार रूपैयाँ महंगीभत्ता गरी जम्मा रू ३६ हजार ७३० पारिश्रमिक, विद्यालय सहयोगीलाई रू २४ हजार २१० र महंगी भत्ता दुई हजार गरी रू २६ हजार २१० तलब दिनुपर्ने लगायतका माग परिषद्ले अघि सारेकाे छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive