पर्वत : जिल्लाको फलेवास नगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरलाई सात दिन भित्रमा निवेदन दिन आह्वान गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि फलेवास नगरपालिकाभित्र रहेका त्यस्ता व्यक्तिहरुबाट निवेदन माग गरिएको हो । निर्धारित मापदण्डभित्र पर्ने व्यक्तिहरुले आयोगले तोकेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन कार्यविधि, २०७८ को दफा ८ मा भएको व्यवस्था अनुसारको ढाँचामा निवेदन फाराम भरी निवेदन दिन सक्ने प्रशासकिय अधिकृत पौडेलको भनाई छ ।
मापदण्डभित्र पर्ने व्यक्तिहरुले नागरिकता प्राप्त परिवारका सबै सदस्यहरुको नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी, घरमूली र उसको प िवा पत्नीको आलसालै खिचेको पासपोर्ट साइजको फोटो, अव्यवस्थित बसोबासीको हकमा आफू र परिवारका सदस्यका नाममा अन्यत्र रहेका सबै जग्गाको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी र स्थानीय तहले घरधूरी कायम गरी कर सङ्कलन गरेको प्रमाणको प्रतिलिपी सहित निवेदन दिनुपर्ने भनिएको छ ।