शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

प्रहरी बरिष्ठ नायव निरीक्षक खड्का असोजका लागि उत्कृष्ट घोषित

कार्तिक ५, २०७९

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक मोहन कुमार खड्का गत असोज महिनामा पर्वतका लागि उत्कृष्ट प्रहरी घोषणा भएका छन् ।
सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई दिईएको जिम्मेवारी तथा पदिय दयित्वलाई ईमान्दारी, बफादारी तथा व्यवसायिक सुझबुझका साथ कर्तब्यनिष्ठ भएकाले खड्का उत्कृष्ट प्रहरी घोषणा भएका जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतले बताए ।
ठूलो परिमाणमा लागु औषध सेवन तथा ओसारपसार गर्ने व्यक्तिहरुलाई पक्राउ गर्न सक्रिय भूमिका निर्वाह गरेको, कार्यालयको जुनियर प्रहरी अधिकृत व्यारेक तथा मेश पुनर्निमाण कार्यमा विशेष भुमिका निर्वाह गरेको, विभिन्न अपराधमा दोषी ठहर भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याई उत्कृष्ट कार्य गरेकोले उनको कार्यसम्पादनको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यलय पर्वतले उनलाई असोज महिनाको उत्कृष्ट प्रहरीको सम्मान दिएको हो ।
खड्कालाई जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधु सुधन न्यौपानेले एक कार्यक्रमकाबिच सम्मान गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive