शनि, असार ७, २०८२
Sat, June 21, 2025

भू तथा जलाधार व्यवस्थापन कार्यालयको आयोजनामा समन्वय गोष्ठी सम्पन्न

कार्तिक ५, २०७९

पर्वत : भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजनामा स्थानीय तह तथा सरोकारवाला बीच समन्वय गोष्ठी सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७९।८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार सरोकारवाला पक्षहरुबिच अन्तरक्रिया सहितको गोष्ठी सम्पन्न भएको कार्यालय प्रमुख दिवाकर पौडेलले बताए । जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.क.को अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा कार्यालयका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले सहभागिहरुलाई स्वागत गरी गोष्ठीको उद्धेश्य माथि प्रकाश पारेका थिए । उनले कार्यालयको चिनारी, गत आर्थिक वर्ष २०७८।७९ मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रगति विवरण, चालु आर्थिक वर्ष २०७९।८० का स्वीकृत कार्यक्रम तथा कार्ययोजना पनि प्रस्तुत गरेका थिए ।
गोष्ठीमा नेपालमा ग्रामिण सडकबाट उत्पन्न समस्या, परेको प्रभाव र समाधानको उपाय बिषयक कार्यपत्र कार्यालय प्रमुख पौडेलले नै प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि छलफल हुँदा आगामी दिनमा ग्रामिण सडक खन्दा वातावरणीय एवं हरियाली सडकको अवधारणा आत्मसात् गरेर अगाडि बढ्न प्रेरणा मिलेको गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले बताएका छन् ।
गोष्ठीमा पर्वतका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरु, सञ्चार माध्यमका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो । उक्त गोष्ठीको संचालन कार्यालयका प्रशासन अधिकृत भीम प्रसाद अर्यालले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive